Posted by: Gautam B. August 19, 2005
GAIJATRE KHABAR
Login in to Rate this Post:     0       ?        
काठमाण्डुका मेरा आफ्नै सुलसुलेका अनुसार नारायणधाराको साढेले दुनियादारका बारीमा पसी साग खाएर हैरान पारेको छ । अज्ञानी नामको उक्त साढेलाई समात्ने जिम्मा पाएका हल्दार बा र माकुरे कान्छा उल्टै उक्त साढेको फल झर्ला र खाऊँला भनी ट्वाल्ल पर्दै ऊँघ्न थालेपछि नेपालमा नयाँ हल्दारको तिब्र खोजी भइरहेछ । हल्दार बाले आफुले लिएको दाम्लो साढे बाँध्न नभई तर्साउन मात्र हो भन्दै बार्गेन गरी फल खाने ईच्छा ब्यक्त गरेका छन् । उता माकुरे कान्छा भने हनुमान खुशी भए आफ्नै मुखमा क्वाप्प पर्नेगरी फल झर्छ भनी दिनको १०८ पटक हनुमान चालीसा पाठ गरेर बस्न थालेका छन् । दुनियादारका भागमा आफ्नै बारीको साग पनि नपर्ने समय लम्बिने संभावना बढी छ भनी पर्यवेक्षकहरुले अनुमान गरेका छन् ।
Read Full Discussion Thread for this article