Posted by: shree5 August 19, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
ख्वै के हो के हो पुण्टे दाई । सिर्बानी पुलामी दाईको जेठो छोरो मसिना पल्टनिया लाहुरे भएर ४ वर्ष पछि बल्ल पहिलो छुट्टी आ' को रहेछ।भैरबामा ठ्याक्क मटरे बाटामै भौते सित भेट भएछ । मसिना पनि पहिले त भौते सितै स्कूल जानी गर्थ्यो के रे लाहुर गएर भर्ती नहुँदै । मैले कति जाना मुन्छे थे त भनेर सोधेको "लेकिन अकेला नै थे" भन्थ्यो । मसिनाले "भौते, घर तिरको के छ त काईदा ? " भनेर सोधेको रे। अनि भौतेले "गाममा आईमाईले साह्रै दुख पाए यो ढिकी-जाँतो गर्नलाई। जाँतो त सबैका घराँ छ, धान कुट्न जहिले नि मेरै घराँ आम्छन।ती आईमाई हुरलाई दिन भरि काम गरेर राति फेरि अन्न पार्न एउटा चौरास दुख, म फेरि आवाज आएर सुत्न नि कहिले पाएको होइन। तेही भएर एउटा धान कुट्नी र एउटा कोदो पिस्नी किर्सिनी तेल (kerosene) ले चल्नी भटभटे मिल हाल्न परो गाममा भनेर मिल किन्न आको ।" भन्थ्यो अरे । "लेकिन बहुत अच्छा काम गर्न ला का रैछन् भौतेले त ।जल्दी नै मिल लेर आम्छु भन्थे के रे " भन्थ्यो त मसिना लाहुरे ले त । दादा, खोज्नै जान पर्नी हो कि, मान्छे पिच्छे फरक फरक कुरो गर्दा रैछन भौतेले, एक बाजी कुरो बुझ्न नी हुनी, जानै पर्च कि बटौली तिर, दादा लाई चाईनी भा म नि सईं गइ दिम्ला । Keep rolling...
Read Full Discussion Thread for this article