Posted by: Poonte August 19, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
धत्तेरी मेरो चिल्लो खप्पर! भउतेको मामाकी छोरी यस्ती चिटिक्क परेकी थिई, बज्ज्येसंग दोस्ती गाँसेकै मामाकी छोरीलाई कहिले काहिं यस्सो नजर लाउन पाम्ला भनेर। "धन्दा नमान्, पुन्टे, अईले मलाई दुई खिल्लि याक किन्दे, मेरी मामाकी छोरी तलाईं नै भो" भनेर कति पटक किरिया सम्म पनि खाऽथ्यो! अईले आऽर आफैंले उडाउनि? थुईक्का! ठिकै छ। घुमोस, फिरोस अईलेलाई। कुनै दिन त गाम फर्किनै पर्ला नि! अनि तेस्को मामाकी छोरी, कहाँ जालिस मछ्छेली, मेरै डँडिया! हुनलाई त अर्कैले पोईला लईसक्या, फेरि आफ्नु नि नभाऽ नि हो...कान्छी बनाम् भनेर मात्र ताक्या! भउतेले भगाई सक्या बज्ज्येको मामाकी छोरीको नाममा गीत गाम्न मन लागो! (कलकत्ते काईंयो को तालमा) त्यो हिमाल माथी थ्याङ्बोछे गुम्बा, तिं माथी ल्हासा छ? त्यो हिमाल माथी थ्याङ्बोछे गुम्बा, तिं माथी ल्हासा छ? अर्काको सन्तान, अर्काको आईमाई, तै पनि आशा छ! हे धानकै बाला झुल्याउँला, मायालाई फुल्याउँला! ए, मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्!
Read Full Discussion Thread for this article