Posted by: Gautam B. August 19, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
सधैँ बासी कविता कति पस्कने भनेर आज भर्खर लेखेको ताजा कविता पस्कँदैछु । नपत्याए हेर्नुस्, बाफ अझै उड्दैछ । "घर जाँदैछु" घर जाँदैछु- परिश्रमी बूढा बा को आडमा दुनियाँको क्रुरताबाट सुरक्षा भोलिको लागि आशिक लिन जाँदैछु; घर जाँदैछु- हिमालजस्ती आमाको काखमा लुकेर जिन्दगीका घात र पीडा पखाल्न एकचोटि डाँको छोडेर रुन जाँदैछु; घर जाँदैछु- "आज" ले ठगेका र "भोलि"ले तर्साएका फुच्चेहरुसँग हाँस्न जाँदैछु; घर जाँदैछु- अत्रिप्त प्रेतात्माले अड्किने ठाउँ खोजेझैँ स्म्रतिको मेरो गाऊँ र सपनाको मेरो नेपाल खोज्न जाँदैछु ; घर जाँदैछु, सपनाको मेरो नेपाल खोज्न जाँदैछु । ( "फुच्चे" भनेर हुर्कँदै गरेको नयाँ नेपाली पुस्तालाई प्यारपूर्वक सम्बोधन गरिएको हो ।) (२०६२ को जनै पूर्णिमा)
Read Full Discussion Thread for this article