Posted by: Dada_Giri August 18, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
यसो बउतेकहाँसम्म पसेर जाम्, अस्तो खोल्सापारि बिर्खेको लैनु भैँसी किनेर ल्याम्दा डो-याउन प-यो बँधुवा भैँसि रेऽछ कता लड्छ भन्नी डर भनेर मेरो नाम्लाको बरियो मागे अनि मैले दिएको थिएँ, त्यो पनि लिएर जान्छु भन्ने हेतुले पस्या त भउते छैनन् घरमा। तागरोमा निस्केर यसो माथितिर हेर्छु त भउतेको मामा हाम्फाल्दै आऽका हातमा खुर्पा लिएर। के भो बाहुन बा? कता हानिनु भो भन्या त, "पैला गिष्छु अनि भन्छु।" भन्छ्न् बा। हैन के गिड्नी हो भउते बाख्रा त चर्न गए कुँडारका खरबारीमा भनेर मैले भने। गाँढि कुरो त अर्कै रेऽछ, जनै सनै लाऽर अब भान्सा गर्न पर्यो,भान्जाले पनि भान्सा गरिसक्नु भेऽछ भनेर बुढा भान्सा गर्न गेऽछन्, भउते त मामाकी छोरी लिएर गोठतिरबाटै टाप! अब गाममा हल्लाखल्ला घटेसी फर्किन्छु भन्थे रे बटौलीमा यामेसित। कसैलाई नभन्नू भन्दै थियो यामेले मलाई। बेलुका आइपुग्यो यामे लाइट बाल्दै भरियासित।
Read Full Discussion Thread for this article