Posted by: newuser August 18, 2005
GAGAN THAPA UNDER ATTACK
Login in to Rate this Post:     0       ?        
नेतृत्व केवल सत्ताको गणितज्ञ भएर पुग्दैन । उसँग विचार, चरित्र, नैतिकता, संयम र विवेकको पुँजी पनि हुनुपर्छ । आफ्नो पदको गरिमा जोगाउनु कोइरालाको नैतिक र राजनीतिक दायित्व हो । कांग्रेसको सभापति केवल एउटा व्यक्ति होइन, त्यसको प्रत्येक अभिव्यक्तिले संस्थागत अर्थ राख्छ । आफ्नै केन्द्रीय सदस्य र विद्यार्थी नेतालाई यति गम्भीर दोषारोपण गर्नुअघि उहाँले प्रमाण पेस गर्नुपर्छ कि पर्दैन ? कोइरालाको छवि एउटा यस्तो नेताको छ, जो बफादारी माग्दैन, खोस्छ । उहाँ यस्तो नेता मानिनुहुन्छ, जसलाई विधान, नियम र आन्तरिक प्रजातन्त्रको कुनै पर्वाह छैन । उहाँ पार्टीलाई परिवार होइन, परिवारलाई पार्टी मान्ने नेता भएको धेरैको गुनासो छ । वैचारिक रूपमा आफूभन्दा भिन्न र सांगठनिक रूपमा पृथक् अस्तित्व बनाएका आचार्य र थापाप्रति उहाँको यो लाञ्छनामा एउटा प्रजातान्त्रिक नेता होइन, त्यो नेताभित्रको तानाशाह बोलिरहेको छ । कोइरालाले या यथाशीघ्र यो आरोपलाई पुष्टि गर्न सक्नुपर्छ या सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्तो नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । नत्र उहाँको छवि अझ ध्वस्त हुनेछ, उहाँको विश्वसनीयता अझ खस्कने छ र कसैले पनि उहाँलाई गम्भीरतापूर्वक लिने छैन । http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=49107
Read Full Discussion Thread for this article