Posted by: newuser August 18, 2005
GAGAN THAPA UNDER ATTACK
Login in to Rate this Post:     0       ?        
गैरजिम्मेवार प्रवृत्ति भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दसौं महाधिवेशन तल्लो दर्जाको कुटपिट, तोडफोड र जगहँसाइपछि स्थगन नेपाली कांग्रेसकै लागि सर्मको विषय हो । आफूलाई प्रजातन्त्रको पर्याय ठान्ने पार्टीको भ्रातृ संगठनमै प्रजातान्त्रिक प्रक्रियाको यो लज्जास्पद हविगतले संघका कार्यकर्ता र नेतृत्वको अराजक एवं अप्रजातान्त्रिक चरित्रमात्र उजागर गरेको छैन, कांग्रेस नेतृत्वको अकर्मण्यता, कुटिलता र तानाशाही प्रवृत्ति पनि उजागर गरेको छ । संघमा निर्वाध प्रजातान्त्रिक प्रतिस्पर्धालाई प्रेरणा दिनुको सट्टा सुरुदेखि नै ँटीकाप्रथा? मा जोड दिएर लोकतान्त्रिक आन्दोलनका स्वयम्भू अगुवा एवम् पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले समेत आफ्नो अप्रजातान्त्रिक चरित्र सार्वजनिक गर्नुभएको छ । नेविसंघमा कुनै बफादारलाई टीका लगाएर अध्यक्ष बनाउने कुटिल प्रयास असफल भएपछि तनावग्रस्त महाधिवेशनस्थललाई ँभगवान्को कृपामा? छोडेर कोइराला गृहनगर विराटनगर पलायन हुनु गैरजिम्मेवार प्रतिक्रिया थियो । आफ्नै कार्यकर्तालाई विश्वासमा लिन नसक्ने बरु अँध्यारा कुनाबाट गोटी चाल्ने यो प्रवृत्ति र कोइरालाले उठाएको प्रजातन्त्रको झन्डामा कुनै सामन्जस्य छैन । अझ उहाँले विराटनगरमा ँनरहरि आचार्य र गगन थापा दरबारले परिचालन गरेका पात्र भएको? अप्रमाणिक त्यसैले अशिष्ट र आपत्तिजनक ँरहस्योद्घाटन? गरेर अराजनीतिक र गैरजिम्मेवार चरित्र अझ उदांगो पार्नुभयो । आचार्य पछिल्ला दस वर्षदेखि कांग्रेसको केन्द्रीय सदस्य हुनुहन्छ र कोइराला त्यति नै समयदेखि सभापति रहँदै आउनुभएको छ । आरम्भमा कोइराला आफैंले उहाँलाई राजनीतिक संरक्षण र प्रोत्साहन दिएको तथ्य जगजाहेर छ । त्यसैले सोध्न सकिन्छ- यतिका समयसम्म आफ्नै केन्द्रीय कमिटीमा ँदरबारिया? लाई ससम्मान पदमा रहन दिनुका पछाडि कोइरालाको के बाध्यता थियो ? यता थापा नेविसंघका विभिन्न सिँढी चढ्दै केन्द्रीय उपसभापति र महामन्त्रीसमेतको जिम्मेवारी निर्वाह गरिसकेका विद्यार्थी नेता हुन् । कोइरालासँग उनी दरबारिया भएको प्रमाण छ भने आजसम्म किन यस विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने प्रक्रिया अघि बढाइएन ? पार्टीमा ँयति ठूलो घूसपैठ? हुँदासम्म कोइरालाले के हेरेर बस्नुभयो र अहिले यी दुईले लोकतान्त्रिक गणतन्त्रका पक्षमा सार्वजनिक अडान लिएपछि मात्र उहाँलाई ती ँदरबारिया? भएको तत्त्वबोध भयो ?
Read Full Discussion Thread for this article