Posted by: sajhabusaima August 17, 2005
GAGAN THAPA UNDER ATTACK
Login in to Rate this Post:     0       ?        
काठमाडौं, -महानगर) । नेपाल विद्यार्थी सङ्घको पोखरा महाधिवेशन भा?ड्नमा दरबारको इसारामा सरकारका मन्त्री लागेको आरोप सो सङ्गठनको संस्थापन पक्षले लगाएको छ । नेविसङ्घका अध्यक्ष केशव सिंहले पोखरा महाधिवेशनस्थलमा गुण्डागर्दी र आतङ्क मच्चाउन भौतिक योजना सहायक मन्त्री जगत गौचन नै सक्रिय रहेको दाबी गरेका छन् । बिहान महानगरस?ग कुरा गर्दै अध्यक्ष सिंहले भने- महाधिवेशन भा?ड्न सक्रिय गौचनले दर्ुइटा पजेरोमा पठाएका दर्ुइ दर्जन मण्डले गुन्डाले दीपेन्द्र सभागृहमा पसेर तोडफोड गर्दै आतङ्क मच्चाए । घटना दरबारकै इसारामा भएको भन्दै सिंहले त्यसका दोषीविरुद्ध प्रतिकारमा उत्रन सङ्गठन तयार रहेको बताए । सिंहका अनुसार, हिजो दिउ?सो ११ बजे बन्द सेसन सकिएलगत्तै माइकिङ गर्न जाने भनेर बाहिर निस्केपछि गगन थापाले बोलिरहेका बेला अचानक माइकको तार काटियो । त्यसैबेला नेपाल देशभक्त सङ्घका कास्की सचिव राजु अधिकारीले छतबाट गगनमाथि ठूलो ढुङ्गाको स्ल्याप फाले, धन्न उनी जोगिए। त्यसपछि हुलदङ्गा शुरु भयो । गौचनका गुण्डाले तोडफोड र आगजनी मच्चाए । सोही समूहले महाधिवेशन र निर्वाचनका सम्पर्ूण्ा कागजात च्यात्नुका साथै नगदसमेत लुटियो। सिंह भन्छन्- गुण्डाले मलाईसमेत चक्कु हानेर मोबाइल फोन लुटे । दीपेन्द्र सभागृहमा लामो समय तोडफोड र आगजनी हु?दा सुरक्षाकर्मीले समेत बेवास्ता देखाएको बताइन्छ । विद्यार्थी नेताले पटक-पटक सुरक्षा निकायलाई खबर गर्दा आजित बनेपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नै डीआईजीलाई फोन गर्नुभएको थियो। तर, सुरक्षाकर्मी सा?झपख मात्र घटनास्थल पुग्नुले मन्त्री गौचनका इसारामा त्यस्तो भएको स्पष्ट हुने नेविसङ्घले जनाएको छ । Ref:(http://www.newsofnepal.com/ffstory.asp?sn=6356)
Read Full Discussion Thread for this article