Posted by: topheroni3 August 16, 2005
GAGAN THAPA UNDER ATTACK
Login in to Rate this Post:     0       ?        
From BBC world News Report in Nepali. नेविसंघको महाधिवेशनमा हिंसात्मक झडप: पोखरामा भइरहेको नेपाल विद्यार्थी संघको दशौं महाधिवेशनको तेस्रो दिन, मंगलबार, महाधिवेशन स्थलमा थप तनाव सिर्जना भई कुटपिट र तोडफोड भएपछि महाधिवेशनको कारवाही अगाडि बढ्न सकेन। मतदाता नामावलीमा संघको संस्थापन पक्ष र असन्तुष्ट पक्ष बिचको सोमबार शुरू भएको विवाद झन् चर्केपछि निर्धारित कार्यक्रम हुन नसकेको हो। मुलुकका विद्यार्थी शक्तिहरू आन्दोलनमा भएको समयमा भइरहेको महाधिवेशनको प्रमुख एजेन्डा नै संघको नयाँ नेत्तृत्व चयन र राजनैतिक सांगठनिक कार्यदिशा निर्धारण गर्नुरहेको थियो। तर दुई पक्षमा विभाजित संघका विद्यार्थी कार्यकर्ताहरूले महाधिवेशनको बन्द सत्रमा बसेर विवादको छिनोफानो गर्न सकेनन्। महाधिवेशन स्थल दिपेन्द्र सभागृहमा दुई पक्षका बिच भएको झडपमा निर्वाचन समितिका दुई सदस्य सहित झण्डै एक दर्जन विद्यार्थीहरू घाइते भएका थिए। उत्तेजित समुहले सभागृहमा तोडफोड , तीनवटा मोटरसाइकलमा आगजनी गर्नुका साथै महाधिवेशनका कागजपत्रहरू फालिदिएका थिए। यी घटनाका लागि नेपाल विद्यार्थी संगठनको संस्थापन र असन्तुष्ट पक्षले एक-अर्कामाथि दोषारोपण गरेका छन्। नेपाल विद्यार्थी संघका महामन्त्री वासु कोइरालाले भन्नुभयो, "यसमा अधिवेशन बहिष्कार गर्नेहरूकै संलग्नता भएको जस्तो लाग्छ।" तर असन्तुष्ट पक्षका नेता गगन थापाले भन्नुभयो, "बन्द सत्रमा मेरो राजनीतिक प्रस्ताव राख्?न नदिएकोले खुला ठाउँमा राख्दै थिएँ,त्यतिबेला ममाथि प्रहार भयो।" ? नेपाली कांग्रेस समन्वय विभागका प्रमुख तथा नेपाल विद्यार्थी संघको महाधिवेशन हेर्ने पार्टी संयन्त्रका संयोजक दिलबहादुर घर्ती तोडफोडको घटनामा संघका विद्यार्थीको संलग्नता रहेको अस्विकार गर्नुहुन्छ। श्री घर्तीले भन्नुभयो, "यो षडयन्त्र विद्यार्थीको तर्फबाट होइन, बाहिरी तत्वबाट भएको हो।" महाधिवेशनलाई अगाडि बढाउने वा नबढाउने निर्णय लिन पार्टी संयन्त्रको बैठक बसेको थियो तर मंगलबार साँझसम्म पनि कुनै निर्णय बाहिर ल्याइएको थिएन। पुर्व निर्धारित कार्यक्रम अनुसार मंगलबार निर्वाचन कार्यक्रम सम्पन्न गरि महाधिवेशन समाप्त गरिने योजना थियो। संघको यो विवादले आन्दोलित विद्यार्थी शक्तिलाई मात्र होइन स्वयं राजनीतिक दलको आन्दोलनलाई पनि प्रतिकुल असर पर्ने टिप्पणी पर्यवेक्षकहरूले गरेका छन्।
Read Full Discussion Thread for this article