Posted by: Dada_Giri August 16, 2005
Nepe ji
Login in to Rate this Post:     0       ?        
नेपेजीले नेपाल फर्केर मेयर बन्ने अभिलासा भएको जुन शालिन अभिब्यक्ति दिनू भो, म यसलाई १६रै आना सहि ठान्छु। अमेरिका बस, युरोप बस जहाँसुकै बस आफ्नो गाउँठाउँमा फर्केर सेवा गर्ने अभिलासा लिने कुरामा कसैलाई अपाच्य हुनुपर्ने र पेट मिच्नु पर्ने जरो मैले देख्दिन। अब यो MP को सल्लाहकार हुने भन्ने अर्को मनसाय छ नि , यसमा नेपेजी कतै चुनाबसित डराएको त हैन, जस्तो आभाष हुन्छ। घोडा चढ्ने लड्छ। चुनाबसित डराएको MP को सल्लाहकार नेपे भन्दा चुनाबी मैदानमा उत्रेर ३ भोट ल्याएर हारेको नेपेमा मेरो सम्मान सहनेछ। अब मन्त्रीको सल्लाहकार हुने भे आलोचनात्मक समर्थन गरौँला। तर नेपेले हेर्न सक्ने क्षेत्रको मन्त्रालय पनि त हुनु प-यो नि। पञ्चायत निति तथा जाँचबुझ समिति जस्तै *गणतन्त्र निति तथा जाँचबुझ समिति* हुने भे नेपे त्यहीँ ठीक। अब खेलकुद मन्त्रीको सल्लाहाकारमा नेपेलाई राखेर काम छैन। बरु जगत गौचनै बेस।मिल्ने मन्त्रालय खोजुम्। प्र म को सल्लाहकार हुनलाई नेपेको पररास्ट्र निति र त्यस सम्बन्धी बिचार सुन्न पाइएकै छैन।त्यसैळे नेपेजीले पनि अध्ययन गर्नुपर्ने थुप्रै छ, हुन त जसको पनि हुन्छ। अनि अलिकति यथार्थसित नजिकिएर सोच्नुपर्छ तर्क दिँदाखेरि। जे होस् good luck! मेरो २ कौडीको बिचार!
Read Full Discussion Thread for this article