Posted by: deletedUser** August 15, 2005
Winning Poem
Login in to Rate this Post:     0       ?        
Alliance for Democracy & Human Rights in Nepal, USA had organized a fund raising pot luck picnic in NYC the weekend before. Apart from regular food and fun, they also hosted a volleyball and antaakchhyari tournaments, and an original poetry recital competition. The following poetry (poetress: Radha Poudel) had secured teh first place in the poetry competition: "ढाँटीमात्र रहन्छ" --राधा पौडेल, चितवन (हाल क्वीन्स, न्यू योर्क) (शार्दूल विक्रीडित छन्द) टाढा टाढा विकट मनका आशका दीपलाई। गाउँ भेसी शहरतिरका फूका प्रितलाई।। आफ्ना थुप्रै विविध घरका काम छाडेर आज। पैल्हो थुङ्गा मिलन जयनेपालको साधुवाद।। सारा राष्ट्र सखाप पार्छ तर खई खाई अघाउन्न त्यो। गाँस्न खोज्छ बिदेशीको स्वजनको माया पचाउन्न त्यो।। खोक्रो भाषण गर्छ कामतिर खै ध्यानै लगाउन्न त्यो। ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।। ।।१।। आँखा टल्टल हेर्दछ तर यहाँ दृष्टि लगाउन्न त्यो। दुवै कान खुले पनि तर किन विचार सुन्दैन त्यो।। गर्छु काम भनेर मख्ख दुनियांलाई बनाउँछ त्यो। ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।। ।।२।। बाटो मिच्छ उदण्ड भईकन सधैं ढुकेर गर्जन्छ त्यो। कालो कानून ल्याउने लहडमा बम्केर कुर्लन्छ त्यो।। हेर्दा चट्ट चिटिक्क पर्दछ सधैं हाँसेर बोल्दैन त्यो। ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।। ।।३।। पौडी खेल्न रुचाउने रगतमा पानी रुचाउन्न त्यो। चौका दाउ सिवाय भित्री मनले केहि चिताउन्न त्यो।। गाई गोठ सखाप पार्छ घरको संभार गर्दैन त्यो। ढाँटी मात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।। ।।४।। आफैंलाई सिवाय कोहि अरुको विश्वास गर्दैन त्यो। थुप्रै मानिस मृत्युमा पनि कतै सन्ताप मान्दैन त्यो।। राम्रो सुन्दर सभ्य शिष्ट रसिलो बोली भिसाउन्न त्यो। ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।। ।।५।। रच्दै नाटक हिँड्छ फेरि किन हो पर्दा उघार्दैन त्यो। आफैं मञ्चन गर्छ नायक भई संगीत भर्दैन त्यो।। आफ्नै मात्र भकारी भर्छ अरुको खोक्रो बनाउँछ त्यो। ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।। ।।६।। आफैंलाई विशिष्ठ ठान्छ अरुको सम्मान गर्दैन त्यो। रैतीको व्यवहार गर्छ जनता भेडासरी ठान्छ त्यो।। साझा सम्मति के छ खै भनि कतै फर्केर हेर्दैन त्यो। ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।। ।।७।। संवैधानिक बन्छु भन्छ विधि नै कुल्ची लतार्दै छ त्यो। आफ्नो नक्कली रुप छोप्न झूठको खेती थुपार्दै छ त्यो।। के हो खास निकासको जड कुरो गम्भीर बन्दैन त्यो। ढाँटीमात्र रहन्छ वास्तविकता केहि बताउन्न त्यो।।
Read Full Discussion Thread for this article