Posted by: Bhaute August 12, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
"उत्तर खै के दिउँ" तिमी सराङ्कोटमा, म बिरौटा चोकमा नीद आओस नै कसरी ! तिमी बिनाको विस्तारा नै चिसो चिसो लाग्छ, शरीर यहाँ छोडेर मन सधैँ सधैँ, सराङ्कोट तिरै भाग्छ। *** हरेक रात बाहिर बरन्डामा निस्केर, उत्तर-पश्चिम हेर्छु, नियाल्छु त्यो धिप धिप धिप्धिपाइरहेको धुमिल बत्ति तिम्रो घरको टुकि हो, या नेपाल टेलिभिजनको टावर हो! जुनकिरि भै'देको भए त खुसुक्क उडेर आउँथे। चिसो रात, जून सँगै रोएर बित्छ र, मेरो रोदन सेतिको आवाज जस्तै बिलाउँछ, भित्रै भित्रै भासिएर। *** दक्षिणको गुम्बाले उत्तरको काहुँ डाँडा हेरेजस्तो टुलु टुलु हेर्नु बाहेक विहान विहान माछापुछ्रेले घप्लक्क घुम्टो फेरेजस्तो खुशिलाई पीडाले फेर्नु बाहेक के नै गर्न सक्छु र। बरु तिमी नै आउ न विन्ध्यवासिनीमा भेट्ने गरी, भुर्र उडेर जाउँ कतै टाढा चखेवाको जोडि जस्तै धेरै टाढा धेरै टाढा...... *** (***, २०६२-४-२८, दिउशो ०१:३०) रे क्या :P :) -भउते
Read Full Discussion Thread for this article