Posted by: Bhaute August 11, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
त्यो जाडोमा, त्यसमाथि पानीले रुझे पछि त, अरु के चाहियो र। केटीले त दाँतै किट किट गर्न थाली नि। "त्यो कपडा निचोरेर लगाs न, अनि अहिले पछि आफै सुक्छ नि" मैले त्यसका बिजोक देख्नै सकिन। "तिमेरु उता जाओ न त" सरले अलि लाज मानी। "हाम्ले क्यार्छम् र ? !" "ऐले बढी नभौ है भउते" सरलेले आँखा तरी। "जा, उता बार पछाडि लुकेर निचोर।" मैले सल्लाह दिएँ। त्यसले उता कपडा फेर्दै थी, गोबिन्दे त तन्कि तन्कि हेर्छ बा। "ओइ, हेर्छस्?" मैले गोबिन्देलाई हप्काए जस्तो गरेँ। हेर्न त आफुलाई नि मन लाsको नि, के भन्नि अब। *** *** *** *** *** "आब्बुईss" सरलेले चिच्याइ, सँगसँगै घोस्र्याक , घोस्र्याक आवाज नि आयो। पैला त बाघै आएछ कि भनेर सात्तो गो। सरले त फराक मात्र फेर्न भ्याकि रैsछे, हातमा सट लिएर दुगुर्दै हामी भाsको ठाममा आइ र मसँग चपक्कै टाँसिइ। त्यसको त सातै गएछ क्यारे, मुटु भट भट गरेको बाहिरैबाट थाह हुने ल। पछि त ठगे पो ठुलो ठुलो स्वरले हाँस्छ। त्यो त बनतिरको बाटो झरेछ हाम्लाई डराउन दिनलाई। "झुसे गधा, कस्तरी तर्सायो।" सरलेले बल्ल मलाई छाडी। त्यसको भिजेको शरीरले मेरो सुइटर नि अलि अलि चिसो भेsछ। ठगे पैला त के के नै गरेँ भनेर दङ्ग पर्याथ्यो। पछि हाम्ले ल्याsको सामान, दाउरा, पानी देखेर डाहले होला, अलि ठाममा आयो केटो। "मलाई नि मिसाओ न यार।" ठगेले अनुहार टुर्लुक्क बनाउदै भन्यो। सरलेले "मिसाउन्नम् जा।" भन्दै सट लगाई। गोबिन्देलाई चैँ मिसाउन मन रेsछ कि कुन्नि, चुप लागेर बस्यो। त्यसको खुट्टामा हेरेको त अर्कै खालको चप्पल लाsको छ केटोले। दशैँ सशैँ नि आsछैन, काँsट नयाँ चप्पल पाएछ यसले भनेर यसो अलि गहिरेर हेरेको त वरिपरि फेरोमा काटेर बुट्टा बनाsको। अनि बेटरीको कालोले साइडतिर रङ्गाको। मेरै चप्पल हो कि क्या हो भनेर शंका लाग्यो। आफु यै बेलाँ नबोल्ने त्यो सँग, कस्तो अप्ठ्यारो के। "ए सरले, यता आइजे त, एउटा कुरो छ।" मैले सरलेलाई अलि पर बोलाएँ। गोबिन्देले चैँ अगि चुरोट खाsको त्यसले मात्र हो भनेर भन्न लाsको हो कि भनेर "त्यसले नि खाsको हो सरले" भन्दै हतार हतार करायो। ठगे चैँ ट्वाँ परेर हेर्दै थ्यो। "त्यो होइन के हाम्रो आर्कै कुरो छ" भन्दै मैले सरलेलाई अलि पर लगेँ र ठगेले लाsको चप्पलको बारेमा भनेँ। *** *** *** *** *** "क्यार्न देखाम्नि नि मेरा चप्पल तँलाई।" ठगे भाग्न खोज्दैथ्यो। सरलेले च्याप्पै समाई त्यसलाई। यसो हेरेको त चप्पल त मेरै रेsछन्। देब्रे चप्पलमा अस्तिनै भोगटेको काँढाले पारेको प्वालले चिनेको नि मैले। मैले हो भनेसि सरलेले चप्पल खोसिदिई। त्यो त "ए भउते कि स्वास्नी" भन्दै चिच्यायो। सरलेले त्यसलाई मज्जाले झट्पट्याई। त्यो झन ठुलो ठुलो स्वरले "मरि जा, भउतेकी स्वास्नी" भन्दै दुगुर्यो। सरलेलेले बारिको माटोको डल्लोले हानेकी, त्यसको टाउकैमा लागेर फसरल्लै फुट्यो। त्यो त लड्यो, डल्लाले लागेर हो कि शितमा चिप्लेर हो कुन्नि। *** *** *** *** *** :) -भउते
Read Full Discussion Thread for this article