Posted by: Bhaute August 11, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
सरुभक्त-८ (साझा बसिबियाँलो) "तिमी यैँ बस भो भउते, यो गोबिन्देले त काँचो चामल सामल खान नि के बेर! म आर्को खेप पानी लेsर आम्छु" सरलेले गाग्रीको पानी बाँटामा खन्याम्दै भनी। "ल ल जा, मैले हेर्छु यसलाई" अगिको थकाइले अहिले त सरले सँग जान पनि मन लागेन। सरले गैसकेपछि गोबिन्देले माथिल्लो गह्रोबाट यता आs त भनेर हातले इशारा गर्यो। "मैले एउटा कुरा भन्छु, सरलेलाई र घरमा नभन् है" पैला त यसले त्यो बाँकि भाsको घिउ पनि बाँडेर खाम् भन्न खोजेको हो कि भनेर "पर्दैन, पर्दैन, मैले कुरा बुझि सकेँ। तँलाई ओहोरा खान मुन छैन भने जा" भन्दै फेरि तल्लै गरामा झरेँ। "कुरो सुरो बुझ्न छैन, त्यत्तिकै" गोबिन्देले ओठ लेप्र्यायो। "आइजे न आइजे, मेरो कुरो त सुन्न पैला" सारै कर गरेपछि फेरि म त्यसको नजिकै गएँ। "लु भन् न त भन् के हो।" "अगि मैले दाउरा खोज्दा के पो भेट्टाछु।" त्यसले त गोजिमा के लुकाइराsरेsछ। तै नि पैसा हो कि भनेर "मलाई पनि दिने भे भन्दिन, नत्र मैले साईँलादाईलाई भन्दिन्छु। त्यो पक्का नि साईँला दाइको हो।" पैला त साईँला दाइलाई भनिदिन्छु भनेको सुनेर केटो अलि डरायो। अनि "ल ल बाँडेर खाने" भन्दै छाता छाप सुर्तिको पोको पो निकाल्छ केटाले त। " के के नै हो कि भनेको त। छ्याs, खान्न मैले त, कुक्याम्छ यार। तैँ एक्लै खा।" म फेरि तल्लो गरामा हाम्फालेँ। हाम्फाल्दा खुट्टो खोल्च्याङ्ग भएर फेरि एक छिन त रुम् कि हासम् भो नि। *** *** *** *** *** गोबिन्देले कटुसको सुकेको पात लिएर आएछ। अनि बारिमा बसेर फुसुर फुसुर गरिराsको केटोले। त्यसले त सुर्ति निकालेर कटुसको पाताँ बेरेर बिँडी पो बनाइराs रेsछ। बिँडी देखे पछि त मलाई नि खाम खाम लाग्यो नि। सँधै बुबाले चुरोट खाsको देखेर खान कस्तो रहर लागि राsथ्यो। केटाले मेसो ल्याएछ भन्दै मैले पनि त्यसलाई सघाम्न थालेँ। बनाइवरि सल्काउन लाsको त हुदै हुदैन। शीतले पात सप्पै भिज्या रेsछ, के को सल्किनु नि त्याँ अब। "ल तैँले मुखमा राखेर तान्, मैले सलाई कोरेर लाईदिन्छु।" त्यसले बिडी मुखमा राख्यो, मैले सलाइ कोरेर लाइदिएँ। "अलि बेस्कन तान् न। किन डराsको हो तँ।" त्यसले त बेस्सरी नै तानेछ, एकैचोटी ख्वाङ ख्वाङ गर्दै खोक्न पो थाल्यो। खोकेर त्यसको अनुहार त निलो भो नि। "ओइ, के गरेका यिनेरुले, हेर त, चुरोट खाsर बसेका। पख तिमेरुलाई घरमा नभन्दे त के छाडम्ला" सरले त आइसकिछे। "ए भउते, यो गाग्री निकाल्देउ न चाँडो, सप्पै चुह्यो हेर न।" त्यसले गाग्री हतार हतार कान्ला तिर बिसाउदै भनी। त्यो त रुझेर लुछ्रुप्पै भैsछे। रुझेको कपडा शरीरमा टास्सेsर कस्तो राम्री देखिएकि भने केटी त। कोरली बाच्छी जस्तै। *** *** *** *** *** क्रमश...
Read Full Discussion Thread for this article