Posted by: Gautam B. August 11, 2005
KURUP BARTAMAN-2
Login in to Rate this Post:     0       ?        
"कुरुप वर्तमान"-२ रगतको आहालमा डुबेका छन् हिमालहरु डढेको जंगलबाट षडयन्त्रको गन्ध आईरहेछ र ठाऊँ ठाऊँमा उम्रन थालेका छन् तावेदारीका नयाँ झारहरु ; भित्र बैठकमा, हिसाब नमिलेर होला भागबण्डाको- लूटेराहरु एक आपसमा औँला ठड्याईरहेछन् र बाहिर, 'जिन्दाबाद', 'मूर्दाबाद' उचालीरहेका सडकहरुमा भविष्यको पदचाप सुनिदैन ।
Read Full Discussion Thread for this article