Posted by: shirish August 10, 2005
Guest !
Login in to Rate this Post:     0       ?        
त्यो भन्दा पनि पहिले, उफ् बच्चाहरु हल्ला गरेर, घराँ खानै मन नलागने भा?थ्यो ! अतिथी देवो भव: भनेर के गर्नु ? आफूलाई त हैरानी भव: ! भक्खर किनेर ल्याको सोफामा एक छिन बस्न पनि बच्चाहरु सुत्नु पर्ने ! ति मोराहरुलाई यहाका डाक्टरकाँ जचाउन लगे पक्का पनि रीटालिनका उपभोक्ता हुन्छन्, परे नेपालीका ए-डि-एच-डि ! लेदरको नभए त सत्ते च्याति सक्या हुन्थ्यो ! हरेक चोटी ति ए-डि-एच-डिहरु उफ्रदा आफ्नो त्यहा मुटु पनि उहि रेट र हाईटमा उफ्रीन्थ्यो । के गर्ने ? भन्न केहि मिलेन र आमा बाबु पनि मुखमा दहि जमाएको जस्तो चूपचाप ! हुन त जण्डहरुलाई भनेर पनि के पो गर्नु? कुरा सुन्ने, बुझ्ने भए पो ! अरु त त्यस्तै हो । सबभन्दा चित्त नबुझ्या कुरा त , सपरिवार घराँ बसे पछि यस्सो बातरुम सफा गर्नु नि ! काठमाणडुमा पानी नपा?हरु दिनरात नुहाउने, आफूचाहि लामा, छिटा, घुम्रेका ईति आदि रौंहरु सफा गर्दै हैरान ! तातो न छारो ! रिसाएर नि के गर्नु ? ट्वाईलेट पेपर मात्र पनि दिनको एक रोल सकाउने ! के मात्र कति मात्र पुछ्दा हुन कुन्नि? क्रमश:
Read Full Discussion Thread for this article