Posted by: Bhaute August 10, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
म पुग्दा तेसले पानी सानी भरेर ठिक्क पारिसकेकी थीs। "के भयो चप्पल?" मेरो हातमा माछा जस्तै झुण्ड्याएको चप्पल देखेर सरलेले सोधी । "खै लेउ, मैले बनाम्छु" भन्दै नजिकैको लहरो तानी। एकैछिनमा त चप्पल फेरि रेडि। "ल म डोको बोक्छु, डोकोमा गाग्री राखिदेउ है" सरलेले बसेर डोको म तिर फर्काई। यसो गाग्री उचाल्न लाग्या त तुरुरुरु चुहिन्छ बा। अगि गुल्टेको, त्यसैले पिँधबाट चुहिनि भएछ नि गाग्री त। "एs एs ल ल हात ले छोपेर राख त म जलु खोजेर ल्याम्छु" भन्दै खोल्सातिर झरी त्यो। सरलेले जलुको पात र नजिकै फालिएका साबुनका टुक्रा मिलाएर गाग्रीलाई टालटुल पारी । पहिले त अडिन मान्याथेन, पछि कसो कसो गरेर बनाइ त्यसले। अहिले चैँ माने के तेस्को बुद्धिलाई मैले। चप्पल पनि बनाई, गाग्री पनि टाली। पढ्नमा गोबर भे नि घरेलु काममा चैँ खप्पिस नै हो ल त्यो । मैले गाग्री बल्ल बल्ल त्यसको डोकोमा राखिदिएँ। त्यो उठ्न खोजेकि त ढुन्मुनाउदै पर्खाल तिर पो पुग्छे केटी त। धन्न पर्खाल समाएर धानिई। ल आइजे भन्दै मैले हात दिएँ। बल्ल बल्ल मेरो हात समाएर उठी केटी। छोरी मान्छे न हो बरा, जति फुर्ति गरे पनि सार त हाम्रै चाहियो नि। अनि हामेरु पानी बोकेर गफ गर्दै उकालो लागेम। *** *** *** *** *** गोबिन्देले के गरि राsछ भनेर मैले यसो बारिको छेउ बाट लुकेर हेरेको त कपा-कप के पो खाइsरा ल त्यसले त। "झ्याल्लास" भन्दै तर्साsको, हातमा लिएको दुनो फुत्तै भुईँमा खसाल्यो केटोले। त्यसले त सरलेले दुनोमा छोपेर ल्याको बयँरको अचार पो खाइरा रैsछ ल, मज्जा सँग। दुनो सुनो खसेर अलि अलि बाँकि भाs नि सप्पै भुईँभरि नि, अब के भन्नि। "कस्तो हो के बाइ यो, गोबिन्दे। अहिले खाजा सँग खाने भनेर ल्याsको अचार। ल हेर, सप्पै खाएछ।"सरलेले कपाल कुईँयाई त्यसको। मैले नि लात्तिले प्वाक्क ढाडमा हाने। "मैले के रेsछ भनेर हेरेको मात्रै हो, सत्य ल। यो भउतेले तर्साएर पोखिएको" गोबिन्दे कराउँदै थियो। त्यसको गालाँs अचार अझै टाँसिई राsथ्यो। *** *** *** *** *** :) -भउते
Read Full Discussion Thread for this article