Posted by: newuser August 10, 2005
Login in to Rate this Post:
0
?
कल्पना सपना रैछ विपना सम्झि साँच्न थालें
सम्झना मृत्युमा रैछ जीवनमा सम्झि बाँच्न थालें
भाग्य खोटो छैदै थियो कर्म पनि कस्तो रुखो ?
विफलता गर्भमै कोरिएको नियतिलाई जाँच्न थालें
नशाले चुर सबै बेसुर गिलाँस भर्न मात्र ठिक्क
होशमै तर आँगन टेढो जग हँसाउन नाँच्न थालें
शासको आशमा भासिएरै लड्दै पड्दै भाग्दै हिंडे
गोमन अघी पर्नु रैछ हातको लठ्ठी भाँच्न थालें
साँच्न, बाँच्न, भाँच्न , जाँच्न, नाँच्न , अर्को त उपाय नास्ती। कोही छ ?