Posted by: Nepe August 9, 2005
Baburam's Latest Article
Login in to Rate this Post:     0       ?        
केहि टिप्पणी: - http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22724#153230 तस्मात कर्णात, हे अगस्त्य मुनी, अब म गत शुक्रवार कान्तिपुर नगरीमा सापेक्षिक रुपमा विशाल संख्यामा उपस्थित 'नागरिक समाज' ले लोकतान्त्रिक गणतन्त्रलाई अबको राष्ट्रिय लक्षको रुपमा गरेको ऐतिहासिक घोषणा उपर माओवंशी मठाधिश आचार्य बाबुराम भट्टराईको टिप्पणीको मूल संन्देश खुट्ट्याउन चाहुँला । - http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=23161 आचार्य भट्टराईले नागरिक समाजको यो ऐतिहासिक घोषणाको महत्व-महिमाको बारे जतिसुकै चेपारे कुरा गरे पनि आफु भने माओ-असुरराज्यलाई अझै अन्तिम उद्देश्यको रुपमा च्यापिरहेको सूचना दिए । उनको यो वाक्यलाई हेरौं, यो स्थितिमा निरंकुश राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना आन्दोलनको न्यूनतम साझा नारा बन्नुपर्ने स्वत: सिद्ध छ । न्यूनतम नारा ? आचार्य भट्टराईलाई उल्टो लोप्पा ख्वाउदै म के भन्न चाहुँला भने, जबसम्म लोकतान्त्रिक गणतन्त्रअधिकतम नारा/कार्यक्रम/लक्ष बनाउन सक्दैनन्, तबसम्म माओवंशी मठ अस्विकार्य शत्रुको रुपमा रहिरहनेछन् । र नागरिक समाज र सुधारोन्मुख दलहरु लोकतान्त्रिक गणतन्त्रको नैतिक बलको आधारमा यज्ञस्थ हुनेछन्, माओवंशीको बन्दुकको विरुद्ध समेत लड्दै । विविध प्रसंगमा भन्दै आईरहेको छु, लोकतान्त्रिक गणतन्त्रवादीहरुको सामु लोकतन्त्र-यज्ञलाई अशुद्द, अपूर्ण वा अपदिशोन्मुख बनाउने तीन शत्रुहरु उभिएका छन्- (१) राजसंस्था, (२) दलको अक्षम-भ्रष्ट नेतृत्व र प्रशासन, र , (३) माओवंशीको साम्यवादी दिक्षा । यि तीनै शत्रुसंग समानान्तर (simultaneous) र सम्झौताविहिन युद्द नै लोकतन्त्रिक गणतन्त्रको क्रान्ति हो र यसमा सम्पूर्ण जनभावना समाहित छ । यो क्रान्तिमा सामेल हुन त दलहरुले आफ्नै नेतृत्वसंग र माओवंशीले आफ्नै दिक्षासंग लडी र विजित भई सकेपछि मात्र हुनसक्छन्, त्यसअघि होईन । त्यतिन्जेलको अभिभारा 'नागरिक समाज'को काँधमा छ, र उ यो थाप्न तयार भएको घोषणा पनि गरिसक्यो, नागरिक समाजले । - http://www.blog.com.np/?p=777#more-777 लोकतन्त्रेव जयते !
Read Full Discussion Thread for this article