Posted by: ablaze August 9, 2005
please do guide me
Login in to Rate this Post:     0       ?        
माओवादी सेनाका पश्चिम डिभिजन कमाण्डर प्रभाकरले एक बक्तब्य प्रकासित गरी माओवादी सेनाको पश्चिम डिभिजनले कालिकोट पिलीमा रहेको सरकारी सेनाको आधार शिविरमाथि यही साउन २३ गते सा?झ ५.४० बजे आक्रमण शुरु गरी साउन २४ गते विहान ४ बजे विजय हासिल गरेको जनाउनु भएको छ । बक्तब्यमा माओवादी सेनाले ८१ एमएम ब्यारेल एक थान र सोको बम १५०, जीपीएमजी एक नाल र सोको गोली पा?च हजार, एलएमजी २० नाल र सोको गोली १२ हजार, इन्सास राइफल ७० नाल र सोको गोली ३० हजार, एसएलआर ८० नाल र सोको गोली २१ हजार, एसएमजी दुइ नाल र सोको गोली तीन हजार, ब्राउनिङ पेस्तोल दुइ नाल र सोको गोली दुइ हजार र टुइन्च मोर्टार दुइ ब्यारेल र सोको बम दुइ सयलगायत उच्च विस्फोटक पदार्थ तथा महत्वपूर्ण युद्ध सामग्रीहरु कब्जा गरेको दावी गरिएको छ । सरकारी सेनाका दुइ सय ५० को संख्यामा रहेका मध्ये एक सय ५९ जना मारिएको र ५० जनाभन्दा बढीलाई युद्धबन्दी बनाइएको कुरा उत्त बक्तब्यमा जनाइएकोछ । बक्तब्यमा अगाडि भनिएको छ-"जनमुक्ति सेनातर्फ२६ जना योद्धाहरुले शहादत प्राप्त गर्नुभएको छ भने केही योद्धाहरु घाइते हुनुभएको छ । यो विजय हासिल गर्नका लागि उच्च मनोबल, बलिदानीपूर्ण भावना र प्रचण्डपथको विचारले लैश भएको जनमुक्ति सेनाको कठिन प्रयास तथा सो विचारद्वारा निर्देशित र प्रेरित गर्ने सर्वोच कमाण्डर क.प्रचण्डको अहम् भूमिका रहेको छ । निरंकुशताविरोधी राजनीतिक शक्तिहरुको शुभेच्छाले पनि यो विजयका लागि प्रेरित गरेको थियो । यो विजय साम्राज्यवाद, सामन्तवाद र गैर्रर्सवहारा वर्गीय प्रवृत्ति विरुद्धको पनि विजय हो ।"
Read Full Discussion Thread for this article