Posted by: Nepe August 8, 2005
A day in a city's life
Login in to Rate this Post:     0       ?        
शैलीको हिसाबले यो कबितालाई improvised हाईकु र मुक्तक निर्मित गजल भने हुन्छ । शास्त्रिय हाईकुको '५-७-५ वर्ण' नियम, मुक्तकको '४ पंक्ति' र 'अनुप्रास' नियम बाट मुक्त भएकोले improvised र गजलकै शेर संगठन भएकोले गजलनुमा । हाम्रो समय छरिता कविताहरुको हो, त्यसैले यस्ता कविताप्रति मेरो विशेष अनुराग छ । वृतान्तवादी भीमकाय कविताहरु, विशिष्ट सन्देश भएका बाहेक (जस्तै: श्रवण मुकारुङ को 'बिसे नगर्चीको बयान') व्यस्त आधुनिक पाठकहरु अनुकुल शायदै होला । गौतमजी तपाईको छरितो कवितालाई बधाई । मलाई प्रिय कवितांश, साँझ परेपछि, अराजक सडकहरु पहाडमा ठोक्किएर चूपचाप घर फर्कन्छन
Read Full Discussion Thread for this article