Posted by: Geman August 8, 2005
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
juss have a look and compare the news. SARAKARI News Taken from RNA Website: http://www.rna.mil.np/news.php?newsid=968&&lan=np सुरक्षाफौजको कारवाहीमा २ (दुइ) आतंककारीको मृत्यु मिति २०६२ श्रावण १८ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुरक्षाफौजको कारवाहीमा बझाङ्ग जिल्लाको भाँडेबगर इलाकामा १ तथा यही श्रावण १७ गते जाजरकोट जिल्लाको भेडेलेक इलाकामा आतंककारी समुहका कथित जनसरकार प्रमुख काली बहादुर वली "रमेश" उपनाम गरेका १ समेत गरी २ जना आतंककारी मृत्यु भएको छ । सुरक्षाफौजले घटनास्थलहरुबाट डेटोनेटरहरु, पाइप बम तथा सकेट बमहरु, बिष्फोटक पदार्थ, बिद्युतीय धराप सञ्चालनमा प्रयोग हुने उपकरणहरु, कम्ब्याट ड्रेसहरु एवं आतंककारी दस्तावेजहरु बरामद गरेको छ । Nepal Samachar Patra http://newsofnepal.com/ffstory.asp?sn=6213 सुरक्षाफौजद्धारा र्सवसाधारणको हत्या जाजरकोटको खलंगामा गस्तीमा गएको सुरक्षाफौजको टोलीले जिल्लाको पुन्मा-५ भेरर्खर्क घर भएका एक र्सवसाधारणको निर्मम हत्या गरेको छ। सुरक्षाफौजले स्थानीय कालीबहादुर वलीलाई नियन्त्रणमा लिई हत्या गरेको थियो।घरमा भैंसी दुहिरहेको बेला उनलाई नियन्त्रणमा लिई घरनजिकैको जंगलमा गोली हानेर हत्या गरिएको आइतबार वीरेन्द्रनगर आइपुगेका मृतकका आफन्तले बताए।वलीलाई नियन्त्रणमा लिइसकेपछि सुरक्षाफौजले आंखामा पट्टी बांधी चरम यातना दिएको र हत्या गरिसकेपछि शव गाडेको ठाउंमा बम झुन्डयाइदिएकाले हत्याको तीन दिनपछि पनि परिवारले शव उठाउन नसकेको उनीहरुले बताए। यही साउन १८ गते सुरक्षाफौजले हत्या गरेको वलीलाई २० गते मात्र दोहोरो भिडन्तमा मारिएको भनी रेडियो नेपालले प्रचार गरेकोसमेत आफन्तले दुःखेसो गरे। माओवादीको आशंकामा हत्या गरिएका वलीलाई माओवादीले जबर्जस्ती वडा जनसरकार प्रमुख बनाएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा आई आफूलाई माओवादीले जबर्जस्ती वजस प्रमुख बस्न दबाब दिएको जानकारी गराएका थिए। त्यसपछि उनलाई प्रहरीले घर फर्काइदिएको थियो। हत्यापछि वलीका श्रीमतीसहित चार बालबालिकाको अहिले बिचल्ली भएको छ।
Read Full Discussion Thread for this article