Posted by: Sursab August 7, 2005
Login in to Rate this Post:
0
?
अवस्था सार्वजनिक गरियोस्
'प्रशान्तकी श्रीमती पनि खाल्डोमा' शीर्षकमा यही साउन १९ गते साप्ताहिक जनआस्थामा छापिएको समाचारमा ०६० कात्तिक १३ देखि शाहीसेनाद्वारा बेपत्ता पारिएकी मेरी छोरी रेवकला तिवारी पनि कल्पनातीत यौन दुव्र्यवहार र यातनापछि मारिएको र उसलाई शिवपुरी जंगलमा गाडिएको विवरणले अर्धमूच्छिर्त अवस्थामा यो अपिल लेखाउँदैछु । समाचार छापिएको आज पाँचौं दिन बितिसक्दा पनि शाहीसेनाबाट सो घटनाका सम्बन्धमा कुनै प्रतिक्रिया नआउँदा कतै त्यो समाचार सही त होइन भन्ने लागेको छ ।
पक्राउ गरेपछि पनि घरपरिवारलाई कुनै आधिकारिक खबर नदिने शाही सैनिक चलनजस्तै भएको यो समाचारका सम्बन्धमा शाहीसेनाको बेवास्ता देख्दा बेपत्ता पारिएकामध्ये कोही मुठभेडमा मरेको त कोही छानबिनकै क्रममा हिरासतमै आत्महत्या गरेको विविध समाचारका बाबजुद केही मान्छेलाई २/४ वर्षपछि पनि सार्वजनिक गरेको पृष्ठभूमिमा म पनि आफ्नी छोरी जीवितै छ भन्ने आशामा थिएँ । हुन त सन्तानको लास न सास बनाइदिएपछि बाबा-आमालाई गाँस-बासभन्दा स्वर्गवास प्यारो लाग्छ । निरोगी र हृष्टपुष्ट ६३ वषर्ीय मेरा श्रीमान् छोरी बेपत्ता भएको खुलाएकै दिनदेखि पीडा, वेदनामा पिलपिल हुँदै दुई-दुईपटक राजालाई दिएको विन्तीपत्रको समेत वास्ता नभएको निराशा र पीडाले हृदयघात भएर यो लोक छोड्नुभयो । श्रीमान्को बरखी बारिरहेकी बेला मैले छोरी पनि मारिएको खबर सुन्नुपरेको छ । पीडाको छट्पटीको यो बेला अलापविलाप, हारगुहारबाहेक म अरू के नै गर्न सक्छु र ।