Posted by: Nepe August 7, 2005
Arjun Parajuli ka Kabita
Login in to Rate this Post:     0       ?        
हजारौं जनताको अगाडि गिरिजा, माधवादिको मुखैमा थुकका छिटा पर्ने गरी यी पंक्तिहरु पढेर बेईज्जत गरिंदा जुन तालीको गडगडाहट आएछ (गडगडाहट BBC मा सुनेको, UWB मा पढेको), त्यो सुनेर मनै शित्तल भो । बिन्तिपत्र चढाउने साइत कहिले पर्ने हो ? प्रतिगमन सच्चिन सुरु फेरि कहिले गर्ने हो ? प्रतिगमन आधा सच्चिउञ्जेल पर्खिने कि चौथाइ सच्चिने बित्तिकै दाम चढाउन लाम लागेर अगाडि सर्ने हो ? हेलिकप्टरमा सवार साँढेबाट तपाईँको मुखमा नरिवल कहिले झर्ने हो ? नेताज्यु दौरा सुरुवाल सिलाउनका लागि अर्डर अहिले गर्ने कि अलि पछि गर्ने हो ? यी सबै कुरा थाहा पाउनका लागि तपाईँहरुका हातहरु शाही ज्योतिषीका घरमा गएर हेराउनु पर्ने हो शाही ज्योतिषीलाई हात नहेराइ तपाईँलाई कसरी थाहा हुन्छ आन्दोलन गर्दा कत्रो साइजको गर्नुपर्ने हो ? दौराको साइजको सुरुवालको साइजको कोटको साइजको कि गर्ने हो आन्दोलन तक्माको साइजको ?
Read Full Discussion Thread for this article