Posted by: Nepe August 7, 2005
Arjun Parajuli ka Kabita
Login in to Rate this Post:     0       ?        
म किसान हुँ पाल्ने मेरो पेशा हो राँगो पालेँ सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो भैंसी पालेँ सुन्दरी प्रतियोगितामा भाग लिन गयो नेता पालेँ आफूलाई चिरञ्जीवी बनाउँदै ल्यायो पुलिस पालेँ भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो सरकार पालेँ गर्नुपर्ने काम एउटै गरेन नगर्नु पर्ने काम सबै गर्यो सुरक्षाकर्मी पालेँ सुरक्षा नगरुञ्जेल जिउँदै थियो मान्छे उसले सुरक्षा गर्न थाल्ने बित्तिकै मर्यो पाल्ने कुनै जन्तु नपाएपछि एउटा नयाँ कदम चालेँ अनि मैले दाह्री पालेँ ! कवि अर्जुन पराजुली
Read Full Discussion Thread for this article