Posted by: Ok August 7, 2005
Durga Bishankhe, Kaushila Pokharel, Kala Tiwari & Shusri Duwal
Login in to Rate this Post:     0       ?        
'कहिल्यै डाक्टरले नछोएका' धनलाल विस्तारै अस्वस्थ देखिन थाले । निराशाको गर्तमा पुगेका उनी जतिखेर पनि थकित देखिन्थेे । उनी चिनेजानेका हरेक ढोकामा पुगेर रोए । टोपीले आँसु पुछ्दापुछ्दै उनी भक्कानिन्थे । तर कला अझै अलप थिई । पछि केही महिना उनी देखिएनन् । नन्दलालले चैतमा सुनाए, 'काठमाडौं र स्याङ्जाको गोलचक्कर लगाउँदा-लगाउँदै बुबा बित्नुभयो ।' ०६१ फागुनमा हृदयाघातको सिकार भएर उनी मरेछन् । कलाका बाबुलाई भ्रम थियो, सबै शासन हातमा लिएर देखिने र सुनिने भएका राजाले पक्कै उनको पुकार सुन्नेछन् । तर उनले कहिल्यै प्रत्युत्तर पाएनन्, न कुनै सान्त्वना । यता दरबारका पश्चिमी ढोकामा उनका पुकारको हृदयाघात भयो, उता स्याङ्जामा उनको । यता उनको बिन्तीपत्र मर्?यो, उता उनी । पछि त्यो बिँडो कलाकी आमा वसुन्धराले उठाइछन् । चैतको अन्तिमतिर उनले तेस्रो बिन्तीपत्र लेखिछन् । तर अरू दुई बिन्तीपत्रको जे हविगत भयो, तेस्रोले पनि त्यही नियति व्यहोर्?यो । यति पुकारेपछि बरु ढुंगो बोल्दो हो तर राजा बोलेनन् । बरु गत हप्ता 'जनआस्था' ले उनकी छोरीको हत्या भइसकेको सनसनीपूर्ण समाचार छाप्यो र लेख्यो, 'मारिनुअघि यी निरीह माओवादी चेलीहरूमाथि कस्तो दुव्र्यवहार भयो र कडा यातना दिइयो भन्ने कुरा हामी सभ्य समाजलाई सुनाउनसम्म सक्दैनौं ।' यसरी एउटा कारुणिक पहलको दुःखान्त भयो । सेना बोलोस् जनआस्थाको समाचार सामान्य होइन । यो केवल मारिएका भनिएका चेलीहरूको परिवारसँग मात्र सम्बन्धित समाचार पनि होइन । यसको विश्वस्नीयता सेनाको साख र मुलुककै प्रतिष्ठासँग जोडिएको छ । त्यसैले सेनाको मौनता अस्वाभाविक छ । त्यो समाचार अक्षरशः सत्य हो भने यो केवल सैनिक संगठनको होइन, राष्ट्रिय लज्जाको विषय हो । सेनाले भनोस्- कलाहरू कहाँ छन् ? सैनिक जनसम्पर्क निर्देशनालयका सेनानी सुशील दाहालले जनआस्थालाई भनेछन्, 'केही समयअघि प्रशान्तकी पत्नीले पनि आत्महत्या गरिन् भन्ने बजार हल्ला मैले पनि सुनेको हुँ । वास्तविकता पत्ता लगाउन छाउनीलगायत सबै ठाउँमा सोधखोज गर्दा उनलाई हामीले नियन्त्रणमा लिएको देखिएन ।' दाहालको उत्तरले समाचारको विश्वस्नीयता बढाउँछ, घटाउँदैन । हो, मारिएका भनिएका चेलीहरू माओवादी हुनसक्छन् । उनीहरू आपराधिक गतिविधिमा लिप्त भएको आरोप पनि सत्य हुनसक्छ । तर उनीहरू असामाजिक र आपराधिक क्रियाकलापमा संलग्न थिए भने तिनलाई दण्डका लागि वैधानिक प्रक्रिया अवलम्बन गरिनुपथ्र्यो । हिरासतभित्रै सेनाले सबै कुराको फैसला गर्ने हो भने किन चाहियो अदालत र न्याय विधान ? किन चाहिए कानुन, व्यवस्था र वैधानिकताका उपकरण ? हिरासतमा कथित हत्याका यस्ता 'रहस्योद्घाटन' नयाँ पनि होइनन् । कृष्ण सेन यसैगरी मारिए, मैना सुनुवारको इहलिला यसैगरी समाप्त पारियो । साधुराम देवकोटा बालाजु १ नम्बर बाहिनीमा जुत्ताको तुनामा झुन्डिएर मरे भनियो । गजुरी ब्यारेकमा चक्र श्रेष्ठ स्लिपिङ्ब्यागको खोलमा झुन्डिएर मरेको बताइयो । ब्यारेकहरूमा यो के भइरहेको छ ? राज्यको निगरानीमै कैदी किन यति सस्तो मरिरहेको छ ? सेनाले जवाफ दिनुपर्दैन ? क्रमश:
Read Full Discussion Thread for this article