Posted by: Ok August 7, 2005
Durga Bishankhe, Kaushila Pokharel, Kala Tiwari & Shusri Duwal
Login in to Rate this Post:     0       ?        
कान्तिपुर (२३ श्रावण २०६२, कृष्णज्वाला देवकोटाको लेख) सेना किन बोल्दैन ? कृष्णज्वाला देवकोटा - 'दाइ, मेरा दुईवटी छोरी छन्, मेरो बूढासमेत जीवित हुनुहुन्न' भन्दै ती महिला निकै बिलौना गर्दै रोइन्, जब उनीमाथि यहाँ उल्लेख गर्न नसक्ने यौन व्यवहार भयो । तर पनि उनको कुरा सुनिएन । उनका संवेदनशील अंगहरूमा करेन्ट लगाइयो । भन्नै नमिल्ने यौन दुव्यर्वहार र यस्तो कठोर यातना कमजोर शरीर भएकी एउटी महिलाले कसरी थेग्न सक्थिन् र ?.... उनको प्राणपखेरु यस्तै यातनाकाबीच उड्यो । त्यसपछि ०६० पुस २ गते उनीसहित चारजना महिला माओवादीहरूको लास काठमाडौंबाट उत्तरपश्चिमतिर पर्नेर् शिवपुरीको जंगलमा लगेर गाडियो । माथि उल्लिखित चरम यातना पाएर मृत्युवरण गर्न पुगेकी ती महिला थिइन्, दुर्गा बिसंखे । अर्को एकजना साथीसँग मंसिरमा चन्दा उठाउन गएका बेला 'चन्दादाता' बाट सुरक्षाफौजलाई खबर गरिएपछि पक्राउ परी मारिएकी दुर्गामाथि यस्तो व्यवहार मोहन शमशेरबाट जफत गरी राष्ट्रियकरण गरिएको महाराजगञ्जस्थित लक्ष्मी निवासमा भएको थियो । चर्को यातनासहित मारिएका अन्य महिलाहरू थिए, गत पुसमा 'आत्मसमर्पण' पछि सेनाको बालाजुस्थित १ नं. बाहिनीमा आत्महत्या गरेका साधुराम देवकोटा उर्फ 'प्रशान्त' की जीवन संगिनी कौशिला पोखरेल र अर्की माओवादी कार्यकर्ता कला तिवारी । उनीहरू सबैको प्राणपखेरु उही स्थानमा उही मितिमा गएको थियो । -साप्ताहिक जनआस्थामा साउन १९ गते बुधबार प्रकाशित ँप्रशान्तकी श्रीमती पनि खाल्डोमा? शीर्षक समाचार अंश विधिको अतिक्रमणमात्र होइन, गम्भीर प्रकृतिको युद्ध अपराध र त्योभन्दा पनि सभ्यता र मानवताविरोधी अपराधको यति संगीन आरोपपछि पनि शाही नेपाली सेनाको मौनता मुलुकलाई बिझेको छ । जनआस्थामा यो समाचार प्रकाशन भएको एक दिनअघि सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिबाट एम्नेस्टीको प्रतिवेदनलाई चुनौती दिएको थियो र 'महिला र बालबालिकामाथि हुनसक्ने यौन दुव्र्यवहारबारे सेना सचेत रहेको' दाबी गरेको थियो । त्यसैले बुधबार धेरैलाई लागेको थियो, अत्यन्त सक्रिय सैनिक प्रवक्ताले पक्कै समाचारको खन्डन गर्लान् । दुर्गा विशंखे र कला तिवारीहरूलाई सार्वजनिक गरिएला र समाचारको सत्यतामा चुनौती दिइएला । तर सेना बोलेन । शुक्रबार सेनाको वक्तव्य त आयो तर नेपालमा ब्यारेकभित्र चरम ज्यादती भइरहेको अमेरिकी सिनेटर प्याटि्रक लेहीको भनाइलाई 'दुर्भाग्यपूर्ण' संज्ञा दिइयो । 'सेना मानवअधिकार उल्लंघन, बेपत्ता र थुनाका गैरन्यायिक हत्यामा संलग्न छैन' सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनियो, 'लेहीको भनाइ दुर्भाग्यपूर्ण छ । सेना यी आरोप अस्वीकार गर्छ ।' सात समुन्द्रपारिको आरोपलाई यति चुस्त शब्दमा खन्डन गर्न भ्याउने सेना जनआस्थाको समाचारबारे भने फेरि पनि मौन नै रह्यो । क्रमश:
Read Full Discussion Thread for this article