Posted by: Gautam B. August 7, 2005
MERO KABITA
Login in to Rate this Post:     0       ?        
"मेरो कविता" दिनभरि यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग यन्त्रवत् चलेपछि साँझ पर्दासम्म मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ म थुपार्छु चोइटाहरू र कलमको अगुल्टो झोसेर फुकिदिन्छु हुर्हुरी बल्छ मेरो कविताको आगो र म एकपटक फेरि जन्मन्छु ।
Read Full Discussion Thread for this article