Posted by: Geman August 7, 2005
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
....यी चेलीहरुको यसप्रकारले प्राणान्त भएको समाचार दर्ुइ हप्ताअघि नै प्राप्त भएपछि जनआस्थाले थप जानकारीका लागि राष्ट्रिय मानवअधिकार आयोगमा सर्म्पर्क गरेको थियो । आयोगका अधिकृत अच्युत आचार्यले जानकारी दि?दै भन्नुभएको थियो- यीमध्ये कौशिला पोखरेलको हत्या भएको छैन, किनभने गत महिनामात्र हामीले सिंहदरबारस्थित गणमा उनलाई भेटेर तस्वीरसमेत खिचेका थियौं । तर, भोलिपल्टै आचार्यले त्यसलाई सच्याउ?दै भन्नुभयो- हामीले भेटेर फोटोसमेत खिची ल्याएकी बन्दी कौशिला पोखरेल हैन, कौशिला दाहाल रहिछन् ।' पोखरेलको बारेमा जहिले सोद्धा पनि सुरक्षा निकायबाट आफ्नो हिरासतमा नरहेको जानकारी आउने गरेको जानकारी पनि आचार्यबाट पाइयो । कुनै पनि व्यक्तिको मृत्युको समाचार निकै गह्रुङ्गो हुन्छ । थुप्रै व्यक्तिहरु यसरी नै मारिएको खबर जनआस्था कार्यालयमा आइपुग्छन् । हामी हाम्रा विभिन्न स्रोेतहरुमार्फ् त्यसको पुष्टि भएपछि मात्रै विवरणसहित दिने गर्र्छौं । यस्तै मृत्यु -हत्या) को समाचार हामीले कृष्णसेन 'इच्छुक' र मैना सुनुवारको बारेमा दिएका थियौं, जुन समाचार असत्य सावित भएनन् । मैना सुनुवारको हत्याका बारेमा त सेनाले नै छानबिन गर्दैछ र कर्र्णोल बबी खत्रीसहित केही व्यक्तिलाई अभियुक्त ठहर गरी सैनिक हिरासतमा राखेको छ । जानकारी अनुसार, यी चारजना महिला माओवादी बन्दीहरु थुनामा रह?दा भैरवनाथ गणको गणपतिको रुपमा अहिले जुम्लास्थित चौबीस बाहिनीमा कार्यरत लेफि्टनेन्ट कर्र्णोल राजु बस्नेत थिए, जो त्यसलगत्तै संयुक्त राष्ट्रसंघअर्न्तर्गत शान्ति सेनाको रुपमा बुरुण्डीसमेत खटिएर गए । जुनबेला यी चार 'बेपत्ता' महिला माओवादी बन्दीहरुको ज्यान गयो, त्यसबेला उनी निकै तनावमा थिए, किनभने उनका दाजु किरणबहादुर बस्नेतको माओवादीले उस्तै क्रूर तरिकाले हत्या गरेका थिए । यससम्बन्धमा प्रतिक्रिया लिन सैनिक जनसर्म्पर्क निर्देशनालयमा सर्म्पर्क गर्दा सेनानी सुशील दाहालले अनभिज्ञता दर्शाउ?दै भन्नुभयो- केही समयअघि प्रशान्तकी पत्नीले पनि सुसाइड गरिन् भन्ने बजार हल्ला मैले पनि सुनेको हु? । वास्तविकता पत्ता लगाउन छाउनीलगायत सबै ठाउ?मा सोधखोज गर्दा उनलाई हामीले नियन्त्रणमशहा लिएको देखिएन । Taken from: Janashtha Weekly http://www.nepalnews.com.np/contents/nepaliweekly/janastha/2005/aug/aug03/mainnews.php#3
Read Full Discussion Thread for this article