Posted by: Geman August 7, 2005
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
प्रशान्तकी पत्नी पनि खाल्डोमा ? काठमाडौं । 'दाइ ? मेरो दर्ुइवटी छोरी छन्, मेरो बूढासमेत जीवित हुनुनुन्न' भन्दै ती महिला निकै बिलौना गर्दै रोइन्, जब उनीमाथि यहा? उल्लेख गर्न नसक्ने यौन व्यवहार भयो । तर पनि, उनको कुरा सुनिएन । ती महिलाको संवेदनशील अङ्गहरुमा करेन्ट लगाइयो । भन्नै नमिल्ने यौन दुर्व्यर्वहार र यस्तो कठोर यातना कमजोर शरीर भएकी एउटी महिलाले कसरी थेग्न सक्थिन् र -.... उनको प्राणपखेरु यस्तै यातनाकाबीच उड्यो । त्यसपछि ०६० पुस २ गते उनीसहित चारजना महिला माओवादीहरुको लाश काठमाडौंबाट उत्तरपश्चिमतिर पर्ने शिवपुरीको जङ्गलमा लगेर गाडियो । माथि उल्लेखित चरम यातना पाएर मृत्युवरण गर्न पुगेकी ती महिला थिइन्- दर्ुगा बिसंखे । अर्को एकजना साथीस?ग मंसीरमा चन्दा उठाउन गएका बेला 'चन्दादाता' बाट सुरक्षाफौजलाई खबर गरिएपछि पक्राउ परी मारिएकी दर्ुगामाथि यस्तो व्यवहार मोहनसमशेरबाट जफत गरी राष्ट्रियकरण गरिएको महाराजगञ्जस्थित लक्ष्मी निवासमा भएको थियो । चर्को यातनासहित मारिएका अन्य महिलाहरु थिए, गत पुसमा 'आत्मर्समर्पण' पछि सेनाको बलाजुस्थित १ नं. बाहिनीमा आत्महत्या गरेका साधुराम देवकोटा उर्फ'प्रशान्त' की जीवन संगिनी कौशीला पोखरेल र अर्की माओवादी कार्यकर्ता कला तिवारी । उनीहरु सबैको प्राणपखेरु उही स्थानमा उही मितिमा गएको थियो । कस्तो दुःखको कुरा ? यसरी अमानवीय तरिकाले जीवन गुमाएकी कलाका पिताले छ महिनाअगाडि नै आफ्नी छोरी तथा स?गै पक्राउ गरिएका ज्वाइ?को स्थिति पत्ता लगाउन श्री ५ मासमेत निवेदन दिएका थिए । तर, जनआस्थाको विश्वस्त स्रोतले उनीहरुको प्राणपखेरु कसरी उडेको थियो भन्ने विस्तृत विवरण दि?दै उनीहरु जीवित नरहेको दुःखद् जानकारी दिएको छ । सेनाको कब्जामा परेपछि यी सुश्री दुलालसहितका निरीह माओवादी चेलीहरुमाथि कस्तो दुर्व्यर्वहार भयो र कडा यातना दिइयो भन्ने कुरा हामी सभ्य समाजलाई सुनाउन सक्दैनौं । बेपत्ता पारिएका आफन्तजनको वास्तविक स्थिति पत्ता लगाउन कहिले मानवअधिकारवादी कहा? त कहिले सञ्चार माध्यमका कार्यालयहरुमा पुगेर सहयोगका लागि अनुरोध गर्ने परिवाजनहरु झिनो आशा राख्दै व्यारेकहरुमासमेत पुग्ने गर्थे । तर, उनीहरुलाई पक्र?दै नपक्रेको जवाफ सम्बन्धित निकायबाट पाउ?थे । पक्र?दै नपक्रेको जवाफ उनीहरुले किन पाउ?थे भन्ने कुराको रहस्य उनीहरुको यस्तो अमानवीय मृत्युस?गै उद्घाटित भएको छ । continue....
Read Full Discussion Thread for this article