Posted by: shree5 August 7, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        

शिब-मार्गीहरुको सबै भन्दा ठुलो संगठन गराउने उत्प्रेरणा "असन्तोष" नै हो हे नव प्रयोगी योगी महाराज, असन्तोषले नै मानिसलाई सन्यासी, शिब-मार्गी बन्न उत्साह दिन्छ। तत्पश्चात माओबंशी असुरहरुले स्वयम त्रैलोक्यनाथ भोले बाबाजीका सन्देशवाहक नन्दी, भृङ्गीले पनि गर्न नसकेको शिब-कार्य गरिदिए, यद्यपि धेरै शिब-मार्गीहरुको बध पनि गर्दा भए। यिनीहरुले शिब-धर्म के हो, अधिकार के हो, शाहीबंशीहरुले शिब-मार्गीहरुको के कति ऋण-धन लिएका रहेछन्, कति शोषण गरेका छन् भन्ने प्रश्नमा सकल लोक-वासीका चक्षु खोलिदिए, एवं रीतले सकल देश-वासी नर नारीहरु शिब-धर्मी हुँदा भए। माओबंशीले त्यस "असन्तोष" लाई धेरै जसो "शिब-धर्म" मा परिवर्तन गरिदिए। २०४६ बिक्रमाब्द र अहिलेको फरक भनेको हो त्यही नागरिकको "असन्तोष" र "चेतना" बीचको को फरक हो, हे योगिश्वर। त्यसैले अहिले यी माओबंशी वा कथित गान्धार्व मठाधिशहरु भन्दा शिब-भक्ती र लक्ष प्रतिको ईमान्दारी लोक का नर-नारीमै छ। किनभने यिनीहरुसंग चेतना छ। तर, के मा सजग रहनै पर्दछ भने जसले "सफल" शिब-यज्ञ आव्हान गर्दछ, लोकको भाव-शक्ति फेरि तत्काल का लागि उसमा नै समाहित हुन पुग्दछ। त्यसै कारणले अबको शिब-यज्ञको कर्ता यही सकल लोकवासी "नागरिक समाज" हुन आवश्यक छ प्रभो। त्यसैले जस्तो हिजो-अस्ति समाचारहरु आइरहेका छन् नि "नागरिक समाज" का योगीहरु आजकाल मञ्चमा प्रवचन, भाषण गर्दछन् भने गिरीजासुर, माधु-कैटवादि असुरहरु श्रोता दिर्घामा बसेर रुद्री आदि श्रवण गर्दछन्, हामीले यही परम्परालाई उत्प्रेरण गर्नु पर्दछ - यस्तो अवस्था सम्म कि सारा स्वदेश, विदेश, तीन त्रिलोक, चौध भुवन सकल लोकमा यी "नागरिक समाज" शिब-सेनाको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश पुगोस् । र वास्तवमा यिनीहरु नै हुनु पर्दछ किन भने यिनीहरुले "शिब-राज्य" बाहेक अरु अनुशासन जान्दैनन् प्रभो र साँचो अर्थमा क्रान्ति हुनेछ । मैले पहिले पहिले भनेको "ध्रुबीकरण" यही हो हे भन्ते। यस्तो शिब-ध्रुबलाई काँग्रेसका गगन, नरहरि आचार्यादि, माओबंशी बाबुराम सरस्वति आदि अन्यान्य मठका शिब-भक्तीहरुले पनि समर्थन गर्न गराउन सहज हुन्छ। तर हामीले शिब-सेनाको नेतृत्व अन्य असुरहरुलाई दियौं भने हामी फेरि पनि मायाबी जालमा फँसाईने निश्चत छ। मुख्य कुरा यो मायावी कलामा पोख्त काँग्रेस र एमाले को हामी जस्ता सन्यासीहरुले श्रेय (accredit) गर्नु हुँदैन, यिनीहरुको दहन नै गर्नु पर्दछ, यिनीहरुको तत्वावधानमा केही शिब-मार्गी कार्य भइ हाले पनि नागरिक समाजले गरेको भन्नु पर्दछ, नागरिक समाजलाई सदा यिनीहरुको अगाडि राखेर नागरिक समाजलाई यिनीहरुभन्दा भर पर्दा र विश्वासयोग्य भनेर चित्रण गर्नु पर्दछ नत्र फेरि ठूलो धोका हुनेछ प्रभो। अनि हाम्रो तपस्याका प्रतापले परम भोले बाबा भगवान शिवजीले रौद्र रुप धारण गरिकन त्रि-नेत्र प्रहार गरि दिनु हुनेछ, सारा दानव गणको विनाश गरि दिनु हुनेछ र सकल मानव, चराचर लोक जगत चिर काल सम्म आनन्दपुर्वक वाँच्ने छन् । अहिले लाई उपयुक्त कार्य त हामी समस्त सन्यासी, प्रवासी, मुगलान बासी हरुले माता पार्वती सति देवीको पूजा, अर्चना, तपस्या गरिकन माताले दिएको श्राप फिर्ता गर्नको लागि र यो देव - दानवगण को ध्रुविकरण, समुद्र मन्थन को तीव्रीकरण को याचना गर्नु नै होला । योगि वरको आज्ञा शिरोपर । जय भोले नाथ, पशुपति, कैलाशपति की माडम्, गुल्ट्याम् (Keep rolling...)
Read Full Discussion Thread for this article