Posted by: shree5 August 7, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
हे नव प्रयोगी योगी महाराज, यज्ञमा यस्तो जिज्ञासा राखिकन यो शास्त्रार्थ सत्संगको शोभा बढाइदिनु भो, हे योगी महाराज, मेरा ब्रम्हले देखेका कुराहरु योगी महाराजका चरणकमलमा भेट गर्दछु । हे योगी महाराज, यो ध्रुबीकरण त शुरु भैसकेको छ। यस सन्यासीको अनुनय त मात्र के भने जुन गान्धर्व मठहरुका शीर्षस्थान र मध्यस्थानमा यी नर-कंकाल हरु विराजमान छन्, शिब-यज्ञको परिणामलाई यिनीहरु ध्वस्त पारिकन फेरि शाहीबंशी असुरको सेवा गर्न लालयित छन्। यिनीहरुको विश्वासमा शाहीबंशीको अस्तित्व विना यीनको पनि अस्तित्व छैन। यिनीहरु सकल शिब-भक्ती, सन्यासी, लोकजगत, नर-नारीलाई विश्वास गर्दैनन्। यो सन्यासीको विचारमा त हे योगी महाराज बिक्रमाब्द २०४६ मा जुन लघु-यज्ञ ससम्पन्न भयो, त्यो यिनीहरुले गरेको होईन, "मुख्यत:" दक्षिणको ईन्द्रप्रस्थ राज्यको खेलले र उसको शाहीबंशी असुरहरुप्रतिको अनिक्षाले र उसैले जगाईदिएको असन्तोषका कारणले भएको हो। त्यस समयमा सकल शिब-भक्तीहरु सन्यासीहरु "नाकाबन्दी" समेत अन्यान्य प्रचारयुद्धका कारणले खाली "असन्तुष्ट" मात्रै थिए, तिनीहरुलाई उनीहरुको अधिकार के हो, शिब-धर्म के हो, केही पनि "राजनैतिक चेतना" थिएन प्रभो। दैत्यराज बीरेन्द्रले त्यस बखत देशबासी शिब-भक्तीहरु सन्यासीहरु को असन्तोषको अग्निका रापले भन्दा पनि विश्वका अन्यान्य देशहरुमा शिब-राज्यको लहर आएको र दक्षिणको ईन्द्रप्रस्थ राज्यको चर्को दबावले सकल शिब-भक्तीहरु सन्यासीहरुलाई सावाँ लुकाउँदो भई ब्याज मात्रै दिएर सावाँ-ब्याज दुबै चुक्ता गरेको मायाजालमा राख्न सफल भयो प्रभो र यस मायावी मञ्चनमा यी उल्लेखित मठाधिशहरुले शाहीबंशीहरुको गर्नु सेवा गरे। गिरीजासुरले त "यो सबैको जीत" हो पनि भन्न पुग्यो। तत्पश्चात "कृष्णप्रसाद" नामक सिखन्डीलाई सिंहासनमा राखेर शिब-भक्तीहरुलाई भ्रमित गर्ने ठूलो षडयन्त्र गरियो। तैपनि "मल्लिक" नामक एक साधुले १-२ बर्ष अगाडि सम्मको बही-तमसूक, लेनदेन को हिसाब-किताब गर्दा भए जसलाई साम, दाम, दण्द, भेद गरिकन सिंहासनमा पुगेको गिरीजासुरले भष्म गरिदियो। उक्त हिसाब-किताबको मात्रै लेनदेन गरेको भए पनि शाहीबंशी असुरहरु धेरै हतोत्साहित हुने थिए प्रभो।
Read Full Discussion Thread for this article