Posted by: Nepe August 7, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
'मुलुकको राजनीतिक अस्थिरताको कारक राजतन्त्र हो । राजाले नै २००७ सालदेखि पटक-पटक प्रजातन्त्र खोस्दै आएका छन् । त्यसमा पनि वर्तमान राजा संवैधानिक हुन कदापि तयार देखिँदैनन्' भन्दै प्राध्यापकहरूले अब कांग्रेस राजतन्त्रको मोहबाट मुक्त हुनुपर्ने सुझाव दिएका थिए । अधिकांश बुद्धिजीवीले संविधानसभामा गएर मुलुकको राजनीतिक तथा संवैधानिक संकट समाधान गर्न कांग्रेसले महाधिवेशनबाट नयाँ नीतिगत ठोस निर्णय गर्नुपर्ने विचार व्यक्त गरेका थिए । 'वर्तमान संविधानबाट समस्याको निकास सम्भव छैन । संविधानसभामा गएर देशको राजनीतिलाई छिनोफानो गर्नुपर्छ ।' लोकतन्त्र, अग्रगमन र राज्यको पुनर्संरचनाका लागि हुने भावी आन्दोलनको नेतृत्व गर्न कांग्रेसले आफूलाई रूपान्तरण गरी ठोस नीति र कार्यक्रम अघि सार्नुपर्ने आग्रह उनीहरूको थियो । उनीहरूले नागरिक समाजको लोकतान्त्रिक आन्दोलनले दिएको सन्देशलाई ग्रहण गर्न पनि कांग्रेसलाई सुझाव दिएका थिए । स्रोतका अनुसार प्राध्यापक तथा पूर्व उपकुलपति नवीनप्रकाशजंग शाहले कांग्रेस अहिलेको जस्तै यथास्थिति र अनिर्णयको बन्दी बनिरहे मुलुक अतिवादीको पञ्जामा पुग्ने चिन्ता प्रकट गर्नुभएको थियो । विधानबाट राजतन्त्र हटाए विभाजित कांग्रेसका युवाविद्यार्थीमा नयाँ उत्साह सञ्चार हुने र त्यसबाट पार्टी एकताको वातावरण बन्ने विश्वास उनीहरूको थियो । अर्का प्राध्यापक बरालले लोकतन्त्रका लागि सधैं बाधक बन्दै आएको राजतन्त्रसँग लोकतान्त्रिक शक्तिहरूले मेलमिलाप गर्न खोज्नुको औचित्य समाप्त भएको बताउनुभयो । 'कांग्रेसका एकथरीले बीपी कोइरालाको हवाला दिएर अहिले पनि राजासँग मेलमिलापको कुरा गर्ने गरेका छन् । बीपी अहिले भएको भए राजासँँग मेलमिलाप गर्नुपर्छ भन्नु हुने थिएन,' उहाँको भनाइ थियो । कानुन व्यवसायी हरिहर दाहाललगायतले लोकतन्त्र बहालीका लागि आन्दोलनको नेतृत्व गरिरहेको कांग्रेसमा नै आन्तरिक लोकतन्त्रको स्थिति नाजुक रहेको र त्यसले पार्टीलाई राजनीतिक तथा नैतिक रूपमा कमजोर बनाइरहेको उल्लेख गरेका थिए । _____
Read Full Discussion Thread for this article