Posted by: symlyn August 5, 2005
Arjun Parajuli ka Kabita
Login in to Rate this Post:     0       ?        
अर्जुन पराजुलीका चोटिला कविता नागरिक भेलामा नागरिकबाट सबैभन्दा बढी वाहवाही पाएको कवि अर्जुन पराजुलीका केही चोटिला व्यङ्ग्य कविता कुनै घरको भित्तो फोरिएन कुनै मन्दिरको मूर्ति चोरिएन कुनै बैंक लुटिएन कुनै कालो सूचिमा परिएन कुनै पुरुषलाई गोली ठोकिएन कुनै महिलालाई बलात्कार गरिएन अनि कसरी परिन्थ्यो मन्त्रिमण्डलमा ? परिएन ! (वन्स मोर आएर दोहोर्याएर पढ्नु परेको कविता) बाँकी ????????????- एउटा रोगी गोली खान नपाएर मर्यो एउटा रोगी गोली खान नपाएर मर्यो एउटा निरोगी गोली खाएर मर्यो मैले आफूलाई न रोग लगाउन सकेँ न निरोगी बनाउन सकेँ त्यसैले अहिलेसम्म जिउँदै छु ???????????? म किसान हुँ पाल्ने मेरो पेशा हो राँगो पालेँ सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो भैंसी पालेँ सुन्दरी प्रतियोगितामा भाग लिन गयो नेता पालेँ आफूलाई चिरञ्जीवी बनाउँदै ल्यायो पुलिस पालेँ भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो सरकार पालेँ गर्नुपर्ने काम एउटै गरेन नगर्नु पर्ने काम सबै गर्यो सुरक्षाकर्मी पालेँ सुरक्षा नगरुञ्जेल जिउँदै थियो मान्छे उसले सुरक्षा गर्न थाल्ने बित्तिकै मर्यो पाल्ने कुनै जन्तु नपाएपछि एउटा नयाँ कदम चालेँ अनि मैले दाह्री पालेँ ! ??????????- सकारात्मक संकेतले "?" कहिले गर्ने हो ? बिन्तिपत्र चढाउने साइत कहिले पर्ने हो ? प्रतिगमन सच्चिन सुरु फेरि कहिले गर्ने हो ? प्रतिगमन आधा सच्चिउञ्जेल पर्खिने कि चौथाइ सच्चिने बित्तिकै दाम चढाउन लाम लागेर अगाडि सर्ने हो ? हेलिकप्टरमा सवार साँढेबाट तपाईँको मुखमा नरिवल कहिले झर्ने हो ? नेताज्यु दौरा सुरुवाल सिलाउनका लागि अर्डर अहिले गर्ने कि अलि पछि गर्ने हो ? यी सबै कुरा थाहा पाउनका लागि तपाईँहरुका हातहरु शाही ज्योतिषीका घरमा गएर हेराउनु पर्ने हो शाही ज्योतिषीलाई हात नहेराइ तपाईँलाई कसरी थाहा हुन्छ आन्दोलन गर्दा कत्रो साइजको गर्नुपर्ने हो ? दौराको साइजको सुरुवालको साइजको कोटको साइजको कि गर्ने हो आन्दोलन तक्माको साइजको ? ?????????? बगलिमाराले बगली चोर्न पाउँछ बगलीले मुख फोर्न पाउँदैन स्यालले कुखुरा चोर्न पाउँछ कुखुराले चोरिएँ भनेर छिमेकी जोर्न पाउँदैन यो मेरो कविता हैन हामी सबैको राष्ट्रिय गान हो ????????- सत्र साल भाग दुई पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै खयाल उही जिब्रो बेग्लै र्याल उही छाला बेग्लै स्याल उही सत्र साल भाग दुई घण्टाघरले घण्टी लाए हुन्थ्यो धरहरा प्रमुख अतिथि बनेर आए हुन्थ्यो शहीदगेटले माइक समाए हुन्थ्यो लोकतन्त्रको भित्तोले स्वागत गीत गाए हुन्थ्यो सत्र साल भाग दुई स्वागत गीत गाउनु भन्दा पहिले तिम्रो नाउँमा एक मिनेट मौन धारण गर्न पाए हुन्थ्यो सत्र साल भाग दुई तिमीले हामीलाई प्रजातन्त्र दिनुपर्दैन तिम्रा प्रजामा को को पर्छन् हामीलाई थाहा छ तिमीले हामीलाई शान्ति पनि दिनु पर्दैन तिम्रा शान्तिले के के गर्छन् हामीलाई थाहा छ हामीलाई त पढ्नका लागि तिमीले केवल एउटा पत्रिका दिए पुग्छ हामीलाई त पढ्नका लागि तिमीले केवल एउटा पत्रिका दिए पुग्छ जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस् हामीलाई त पढ्नका लागि एउटा पत्रिका दिए पुग्छ जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस् नामैपिच्छे एउटा एउटा समवेदना व्यक्त गरिएको होस्
Read Full Discussion Thread for this article