Posted by: Gautam B. August 5, 2005
"NEPALI NETA"- A super short story
Login in to Rate this Post:     0       ?        
"नेपाली नेता" शहरमा आमसभा थियो । देशका "त्यागी, तपस्वी र महान" नेताले भाषण ठोक्नु भयो । विरोधी दलले जेसुकै भनेपानि बकुल्लाको रंग कालो हुने र कालोनै रहने ठोकुवा गर्नु भयो । भोलिपल्टको आमसभामा विरोधी दलले जेसुकै भनेपानि कागको रंग सेतो हुने र सेतोनै रहने ठोकुवा गर्नुभयो । नेताले झुठो बोल्यो भनेर पत्रपत्रिकाहरुले खुंखार आलोचना गरेपछि नेताको नाममा दलको कार्यालयमा वक्तव्य टाँसियो; " ती कुराहरु मैले बोलेकै हैनन् । मेरो विचारमा न त बकुल्ला कालो हुन्छ, न त कागनै सेतो हुन्छ । वास्तवमा ती दुबै राता हुन्छन् ।"
Read Full Discussion Thread for this article