Posted by: Nepe August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
अपयज्ञको बारेमा म किन चिन्ता गर्दिन त ? गर्थें, जिन्दगीभरि गरेको हुँ । तर ज्ञानेन्द्र महाराजको जय जय, फाल्गुन १ देखि मेरा सब, सब नै त नभनम तर सबभन्दा ठूलो चाहि जरुर, चिन्ता दूर भए । फाल्गुन १ गते को लगत्तै दिनहरुमा एकजना ठूलै विश्वविद्यालयका नेपाली प्राध्यापकलाई मैले यसै भनेको थिएँ, उनले चिन्ता व्यक्त गर्दा । मानिसहरुमा केहि भ्रम बाँकी थिए राजाको बारेमा, बाँकी अरुलाई त राम्ररी चिनिसकेकै हुन् । र यसरी अब यो भ्रममुक्त ज्ञान नै सहि बाटोको मार्गदर्शक हुनेछ, अरु कोहि मार्गदर्शक न त आवश्यक छ, न त स्वीकार गरिने छ । ज्ञानसंग डराउनै पर्दैन, डराउन पर्ने त अज्ञान र भ्रमसंग हो । ज्ञानले गरेको निर्णय जति अप्रिय भएपनि अन्तत: कल्याणकारक नै हुन्छ । त्यसैले म कहाँसम्म चिन्तामुक्त भएको छु भने भोलीको जननिर्णय (अराजक क्रान्ति, जनमत संग्रह, संविधान-सभा, वा कुनै पनि विधिद्वारा) सक्रिय राजतन्त्रकै पक्षमा भएछ भने पनि I will celebrate that. धरोधर्म । के नेपाली जनतामा (माने एक सरदर नेपालीमा) अझै केहि भ्रम छन्, एक लोकतन्त्रवादीले चिन्ता गर्नु पर्ने गरी ? मलाई त लाग्दैन छ । एक सरदर नेपाली राजा, दल र माओवादी तीनै शक्तिसंग पुरा परिचित छ । उसले सबै अपयज्ञ, लघुयज्ञ, प्रतियज्ञ, पुनर्यज्ञ देखिसकेको छ । राजाको सहयोगको याचनालाई उसले लोप्पा ख्वाईदियो । दलहरु शुद्द नभएसम्म अनुहार पनि हेर्दिन भनिसक्यो । माओवादीहरुलाई उ घृणा गर्छ । उ कसैको नियन्त्रण र प्रभावमा छैन । उ स्वतन्त्र छ र उसलाई थाहा छ उसलाई के अस्विकार्य छ । भनेसी मैले चिन्ता लिनु पर्ने कुरा कहाँ छ ? मैले विश्वास नगर्न पर्ने कहाँ छ ? नसोचेको दुर्घटना ? हो, यस्तो कुरोको सम्भावना जहाँ पनि हुन्छ । गान्धर्व मित्र श्री ५ ले सचेत गराउनु भएको त्यहि हो । हामीले व्यक्तिगत रुपमा के गर्न सक्छौं अहिले, हामीले सोच्न र गर्न पर्ने कुरा त्यहि हो । आन्तरिक ध्रुविकरणको तिव्रिकरण, आवश्यक परे अराजकताद्वारा नै एकातिर र अर्कातिर लोकतन्त्रको खामोको स्पष्ट परिभाषिकरण आजको आवश्यकता हो र यसलाई मद्धत पुग्ने हरेक काममा व्यक्तिगत हात जुटाउनु समस्त लोकतन्त्रवादीहरुले गर्न सक्ने र पर्ने काम हो । गान्धर्व मित्र श्री ५ को यो सन्देशसंग यो एक अर्को गान्धर्व पूर्ण सहमत छ ।
Read Full Discussion Thread for this article