Posted by: Nepe August 5, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
अलिकता आरम्भिक शेर 'मतला' मा संसोधन र अन्तिम शेर 'मकता' थपथाप गरेर नयाँ संस्करण अड्केका कुरा र गोलमटोल बेग्लै चर्केका चुराले खोलेको पोल बेग्लै खै यो टोलमा तिर्खा, जलन र छटपटी उ: उता मायालु बसेको टोल बेग्लै के पत्याउँ खै सधै मुस्काईरहन्छौ मुहार मुहारमा अचेल खोल बेग्लै किन्ने भाउ बढाउँछ, बेच्ने घटाउँछ मायाको, आँसुको के रे मोलतोल बेग्लै गजब कुनै कुनै हेराईको असर बाहिर हाँस्यो भित्र डाँवाडोल बेग्लै रस लिन जाँदो डुबेर म-यो 'नेपे' के जानोस् बरा, रस बेग्लै हो, झोल बेग्लै
Read Full Discussion Thread for this article