Posted by: shree5 August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
विश्वकर्मा सम्प्रदाय (engieering) को सन्यासी भएर हो कि मेरो बुझाई वेदान्त भन्दा ज्यादा कार्यान्वयन बाट प्रभावित छ, हे योगी महाराज। र मेरो परिभाषामा क्रान्ति भनेको अनुशासन-विहीन परिबर्तन हो (My definition, I acknowledge it is pragmatism-oriented, is that REVOLUTION IS AN UNDISCIPLINED INTRODUCTION OF CHANGE) . यस महा शिव-यज्ञ मा पनि अझै हामी सन्यासी वर्गले अनुशासनको याचना गर्यौं भने त फेरि पनि यो लघु-यज्ञ नै रहनेछ, ध्रुबीकरण पश्चात पनि हरेक ध्रुबमा छद्म भेषी दैत्य हरुले फेरि पनि राज गर्ने छन् , केही काल पश्चात फेरि रक्तबीज दैत्यहरु हावी हुने छन्, र उही दानवी राज्यको सिंहासन वा हरित-चाप (green signal) कै श्रृंखला चल्नेछ प्रभो । तसर्थ, आदर्श गान्धर्व शिब-राज्य स्थापनार्थ ३ बाट २ ध्रुबमा परिवतर्न हुनका हेतू भिषण मन्थन, आधी-बेहरी को आवश्यक छ ताकी सच्चा शिब भक्ती सन्यासीहरु जस्तै काँग्रेस मठ बाट गगन, नरहरि आचार्यादि, दानव गणबाट बाबुराम सरस्वती आदि, एमाले मठ, दैत्य राज गणबाट सकल शिब-भक्ती सन्यासी हरु एका-गृह हुने परिस्थति को निर्माण होओस प्रभो । स्वामी महाराज नेपे ले आज्ञा भएको चुम्बकत्व भन्दा पनि मेरो याचना त अझ जस्तो ब्रम्हास्त्र को निर्माणमा पदार्थको शुद्दिकरण हेतू centrifugal vortex को शक्ति प्रयोग गरिन्छ, त्यस्तै शक्तिमान "भोर्टिशिटि" को पो आवश्यकाता छ त प्रभो यो ध्रुबीकरण हेतू। यसर्थ मेरो विचारमा यो ध्रुबीकरण को लघु-यज्ञ सम्म उच्चतम अनुशासनहीनताको कामना गर्दछु प्रभो म त। मेरा यी चाणक्य विद्या संग सम्बन्धित याचनाहरुमा विद्वान नव प्रयोगी, योगी महाराज ले विश्लेषण गरिकन यो सन्यासीलाई पुन: दीक्षित गरि दिनु हुनेछ भन्ने स्तुति गर्दछु, हे योगि महाराज । जसले शिब-यज्ञको आव्हान गरेर सफल हुन्छ, त्यही राजपाटको भागिदार हुन्छ भन्ने सिद्दान्तानुसार तत्पश्चात नव संगठित देव गण ध्रुबले महा शिब-यज्ञको आव्हान गर्नेछ । अनि हाम्रो तपस्याका प्रतापले परम भोले बाबा भगवान शिवजीले रौद्र रुप धारण गरिकन त्रि-नेत्र प्रहार गरि दिनु हुनेछ, सारा दानव गणको विनाश गरि दिनु हुनेछ र सकल मानव, चराचर लोक जगत चिर काल सम्म आनन्दपुर्वक वाँच्ने छन् । अहिले लाई उपयुक्त कार्य त हामी समस्त सन्यासी, प्रवासी, मुगलान बासी हरुले माता पार्वती सति देवीको पूजा, अर्चना, तपस्या गरिकन माताले दिएको श्राप फिर्ता गर्नको लागि र यो देव - दानवगणको ध्रुविकरण, समुद्र मन्थन को तीव्रीकरण को याचना गर्नु नै होला । स्वामी महाराजको गुरु आज्ञा शिरोपर । जय भोले नाथ, पशुपति, कैलाशपति की माडम्, गुल्ट्याम् (Keep rolling...)
Read Full Discussion Thread for this article