Posted by: shree5 August 5, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
र अर्को "ध्रुबीकरण" को कुरा मैले नव प्रयोगी, योगी महाराज लाई बुझाउन सकिन कि प्रभो ? माथिका अन्य तर्क-गुच्छ हरुमा मैले याचना गरे जस्तै मेरो मनसुवा "ध्रुबीकरण" हो, "मठीकरण" होइन प्रभो । एकै ध्रुब भित्र बहू मठहरु रहन सक्तछन्, यथार्थमा महा-यज्ञको पश्चातको गान्धर्व राज्यमा हामीलाई त फेरि बहू मठहरु को आवश्कता नै छ नि, हे विदूर । हाम्रो वाधा-व्यवधान भनेको त यी गान्धर्वीय मठका मठाधिशहरु हुन् जो मठको संगठनमा जन्म-जन्म, पुस्ता पुस्ता सम्म गाँजिएका छन् । स्वामी महाराज नेपे ले आज्ञा हुनु भए जस्तै यी सब राक्षस योनीका जनहरु हुन । यी ता जन्म-जन्मान्तर देव गणलाई प्रताडित गर्ने हेतूले पैदा भएका हुन् । ज्ञानेन्द्र-कृत दैत्य गण संग यीनको ता नङ-माँसको सम्बन्ध छ, यी महा चतुर, मायावी जालमा महा निपुण पनि छन् र जस्तो रुप पनि धारणा गर्न सक्दछन्, यी सदा-सर्बदा दानवी राज्यको सिंहासन वा हरित-चाप (green signal) कै ध्यानमग्न रहन्छन् । यी सदा युवक रहन्छन्, यीनको मृत्युकाल सहज छैन प्रभो । जस्तो, एक युवक मुनि गगन आफ्ना तपस्याका प्रतापले "नेविसंघ" नामक लघु मठको मठाधिश हुनै लागेका बेलामा दैत्यहरुद्वारा अपहरण गरिएका छन् र उता पट्टी गिरिजासुर निषेधित क्षेत्रको क्षेत्रपालन गर्दै "आन्दोलन" का नाममा सकल जगतलाई दिग्भ्रमित गर्दा छन् । यी पापी दुष्ट दानवी मठाधिशहरुको अग्नि कुण्डमा दहन नगरे सम्म जस्तो निकाश भए पनि यी रक्तबीज हरु फेरि जागा भएर आफ्ना दुष्चक्री कार्य जारी गर्नेछन्, हे योगी महाराज । दुर्भाग्यको कुरो के छ भने यिनीहरु नै सकल गान्धर्वीय मठको हर्ता-कर्ता छन् । मेरो याचना, अहिलेका ३ ध्रुबहरु मध्ये हाम्रो प्रथम आवश्यकता यिनीहरु मन्थन भएर २ ध्रुब मा समाहित हुनु पर्दछ - देव गण र दानव गण । हरेक ध्रुबमा मठ हरु त अनेक नि हुन सक्दछन् ।
Read Full Discussion Thread for this article