Posted by: newuser August 5, 2005
Login in to Rate this Post:
0
?
''_ _ _ _ गिरीजा महाराज, माकुने महाराज आदि पश्चात पनि खुम बहादुर महाराज, गोविन्द महाराज , खड्क महाराज आदि जो छन्, सारा दुश्टात्मा हरु मात्रै छन्, सच्चा शिब भक्ती सन्यासी कोही पनि छेन प्रभो । त्यसैले हामीले त यस्ता नयाँ मठ हरुको वर माग्नु प-यो कि काँग्रेस मठ बाट गगन, नरहरि आचार्यादि, दानव गणबाट बाबुराम सरस्वती आदि, एमाले मठ, दैत्य राज गण बाट सकल शिब भक्ती सन्यासी हरु सबै एका-ग्रीह होउन तथा देउबासुर, गिरीजासुर, माकुनेसुर, खड्कासुर, प्रचण्ड, पारसासुर आदि इत्यादि समस्त दैत्य-दानव असुर गण एका-घर होउन ।_ _ _''
आदि-भौतिक र आदि-दैविक सिद्धि प्राप्त लाग्नुहुने हे महाज्ञानी सन्यासी, हजुरको सद्वाणीका अनुकम्पाले यो अज्ञान भुसको थैलालाई पनि केहि भन्न घच्घच्यायो। मोक्षको नजिक पुगेर पनि जो हजुरमा प्रचुर आशक्ति छ शिववुटी प्रति, त्यसले हजुरको अनुष्ठानको पारायण हुन नदिए जस्तै हाम्रा पार्टीगणहरुमा पनि कुर्सीविलासको आशक्तिले गर्दा दैंत्यविनासको महायज्ञमा एकाकार हुन सकिरहेका छैनन। देवगणमा केहि दानवीय अनुचरहरु र असुरगणमा दैविय अनुचर हुने सकल सत्य त प्रल्हाद र इन्द्रका कर्महरुले देखाइदिइसकेका छन् - सत्य युगमा।यो त झन कलि युग प-यो। कलियुगमा देवता र असुरहरुको मिसावट छ्यापछ्याप्ति भएकोले अल्पज्ञानी नेपाललोकवासीहरुलाई देव र दानव छुट्ट्यान हम्मे परिराको छ। यस्ता कठिन समयमा हजुर जस्ता मोक्षका नजिक पुगिसकेका सन्यासीले शिवबुटी खोज्दै हिंड्ने र ''देउबासुर, गिरीजासुर, माकुनेसुर, खड्कासुर, प्रचण्ड, पारसासुर आदि इत्यादि समस्त दैत्य-दानव असुर गण एका-घर होउन'' भन्ने व्यर्थ कल्पनामा लिन हुनु भन्दा सत्यको शंखघ्वोष गर्दै नेपाली जनहरुलाई देवासुर संग्राममा देवताहरुको पक्ष लिन नारदमुनीको भेषधारण गरि सन्देष प्रवाह गर्दै हिंडेमा मोक्ष प्राप्त होला भन्ने यो भुसको थैलोको विचार छ। समस्त सन्यासी गणहरु पशुपतिनाथको क्रिपाले मर्त्यलोक, कलि युगबाट सत्य युगमा फर्केला भन्ने एकालापमा लिन हुन छाडेर सबै मिलिजुली आसुरादी शक्तिको दहन गर्न एकै मोर्चामा गोलवन्द हुनुपर्ने समय आइसकेको छ। यस्तो महत्पूर्ण घडिमा कसले ऋचा मन्त्रोच्चारण गर्ने, कसले हवन गर्ने, कसले सप्तशति पाठ गर्ने,को गणेश बस्ने भन्ने झिना मसिना वादविवादमा अल्झिनु को साटो जाँ जाँ बाट जे जे सकिन्छ त्यै त्यै गरेर सम्भावित दैंत्य विजयको खतराबाट नेपाललोकलाई बचाएनै सन्यासी गणको पनि भलो हुने थियो भन्ने यो अज्ञानीको ठहर छ। स्वामीजीको जो बिचार।