Posted by: shree5 August 4, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
अब यो गति (dynamism) को यान्त्रिकी (mechanics) को बारेमा केही विमर्श गर्दछु प्रभो । अहिले को यो अन्तर्ध्रुबीय गति सामान्य तया देख्न पाईने दुई ध्रुबीय नभईकन त्रि-ध्रुबीय छ प्रभो (tripolar, not bipolar). विज्ञान मठका सन्यासी हरुका अनुसार दुई ध्रुबीय गति हरु सदा-सर्वदा सम-सतही (always co-planar) हुन्छन्, एक ध्रुब बाट बियोग (detach) हुना साथ निर्विकल्प (without exception) अर्को ध्रुबमा सिधै पुगिन्छ । विज्ञान मठको "भेक्टर" शास्त्र मा यस प्रकारका सम सतही गति हरुलाई "भेलोसिटी" (velocity) नामले पुकारिन्छ । परन्तु, नेपालको वर्तमान परिस्थिति त त्रि-ध्रुबीय छ र सीमीत अवस्थामा बाहेक यस्ता गतिहरु मा एउटा ध्रुब सदा नै सतहमा नरहने गर्दछ। (two poles can be in a single plane at any given time but the third pole mostly remains out of the plane, so at any given time either the [royalist & the parliamentarians, in agendas of peace or "legality"] or [the parliamentarians and maoists, in agendas of democracy, rights etc] or [the maoists and royals, in agendas of nationalism, poverty etc] can only pair up and any dynamic interaction, in the form of polarization and movement of supporters from one camp to the other, can normally take place only in the pair within the plane they lie at, the third pole simply being the witness). स्वामी महाराजका वचनानुसार, जसमा मेरो पनि प्रार्थना छ, अहिलेको आवश्यकता भनेको यो ध्रुबी करणको गतिमा तीन वटै ध्रुब हरुलाई समाहित गरेर अन्तत: जम्मा दुई वटा ध्रुब हरु को निर्माण गर्ने हो - देव गण र दानव गण। किन्तु स्वामी महाराजको विचार र कार्य-योजनानुसार यो सम-सतही तरिका बाट सम्भव छ भन्न खोजेको जस्तो लाग्यो । हो, सम्भव छ महाराज, तर कुरो के भने विज्ञान मठको "भेक्टर" शास्त्रानुसार "भेलोसिटी" होइन कि "भोर्टिसिटी" (vorticity, inter-plane, not intra-plane) पैदा गर्न सकेको खण्डमा मा तीन वा बढी ध्रुब हरु पनि एकै पटक आपसमा अन्तर्क्रीया गर्न सक्दछन । तर जबसम्म कुनै ध्रुब (बलियो वा निर्बलियो) रहन्छ, तबसम्म त्यसले आफ्नो सोम (potential) कायम नै राख्दछ, परिणाम स्वरुप त्यसको आकर्षण रहि रहन्छ । हामीलाई पूर्ण ज्ञान के छ भने अहिलेका गान्धर्व मठहरुका मठाधिश हरु जो छन्, ती सबै नि-क्रीष्ट छन् । गिरीजा महाराज, माकुने महाराज आदि पश्चात पनि खुम बहादुर महाराज, गोविन्द महाराज , खड्क महाराज आदि जो छन्, सारा दुश्टात्मा हरु मात्रै छन्, सच्चा शिब भक्ती सन्यासी कोही पनि छेन प्रभो । त्यसैले हामीले त यस्ता नयाँ मठ हरुको वर माग्नु प-यो कि काँग्रेस मठ बाट गगन, नरहरि आचार्यादि, दानव गणबाट बाबुराम सरस्वती आदि, एमाले मठ, दैत्य राज गण बाट सकल शिब भक्ती सन्यासी हरु सबै एका-ग्रीह होउन तथा देउबासुर, गिरीजासुर, माकुनेसुर, खड्कासुर, प्रचण्ड, पारसासुर आदि इत्यादि समस्त दैत्य-दानव असुर गण एका-घर होउन । र अहिलेको गति ले यस दिशामा केही वेग धारण गरि सके जस्तो पनि देखिन्छ । यस पुण्य कार्यमा यसको लागि मार्ग प्रशस्त गर्नका खातिर स्वामी महाराज हामी जस्ता सकल सन्यासी हरुले सर्व प्रथम यी हाल भई रहेका लोक गणका काँग्रेस, एमाले आदि गान्धर्वीय मठहरुलाई त अझ कमजोर पार्नु पर्छ प्रभो किन भने यिनी हरुलाई विष-व्रीक्षले गाँजेको छ, यीनका सकल नेत्रीत्व तहमा नस-नसमा कालकूट विष रहेको छ प्रभो र यी मठ लगायत मठाधिश हरु जीबित रहुञ्जेल यीनको सोम (charm, potential)रहि रहन्छ, अनि हाम्रो ध्रुबीकरणको पुण्य कार्यमा बाधा पुर्याइ रहन्छन । यसमा महाराजको चिन्ता होला, जब यी मठहरु विनाश भएमा सकल लोक गण त फेरि असुर गणमा समाहित हुन पुग्ला, अहँ, त्यसतो कदापि हुने छैन प्रभो किन भने ती मठका अनुचर लगायत सकल लोक गण जो छ, सबले शिब-बुटी को सेवन गरि सकेका छन्, सबले शिब-भोजनको स्वाद चाखि सकेका छन्, वास्तवमा यिनीहरु ता शिब-भोजनको पारख गर्द छन् । त्यसैले महाराज, अहिले को तत्कालिन आवश्यकता त यी गान्धर्व लोक का विषाक्त मठ हरुको दहन नै हो कि जस्तो लाग्यो यो सन्यासी लाई ।
Read Full Discussion Thread for this article