Posted by: Gautam B. August 4, 2005
MALAI PANI RAHAR LAGYO.
Login in to Rate this Post:     0       ?        
सबैले साझामा कविता टाँसेको देख्दा मलाई पनि रहर लाग्यो । छन्द र नियम त्यति जान्दिन, माफ पाउँ । "सप्ताहान्तको साँझ" सप्ताहान्तको साँझ एक्लै आउँछ, गुलुपबाट मधुरो पहेँलो उदासी निकाल्छ र मेरो अनुहारमा पोतिदिन्छ, ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ अनि एक्लोपनका अनगिन्ती माउसुलीहरू बनेर रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ, सप्ताहान्तको साँझ एक्लै आउँछ।
Read Full Discussion Thread for this article