Posted by: shirish August 4, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
बिचलन आयो गाम ठाममा ! पदार्थ घट्यो कि राम नाममा? पाप पखाल्न भ्याइन धाममा, पर्खि बस्न सकिएन लाममा ! मेरो टाउको माग्छ साथी भाई, रकम कति रै?छ इनाममा ? खुद्रा- थोकको ब्यापारी न परें किन्छौ माया? कबोल, गोदाममा ! दोहोरो माप, एकै जागीरमा तिम्रो नाम, सप्पै मेरो काममा ! हाबा चल्दा, छाया समेत चल्छ के छ हो स्बार्थ, तिम्रो सलाममा ? आशीष के दियौ पछि सोधौंला, पैला भन, दाम कति छ खाममा !
Read Full Discussion Thread for this article