Posted by: shirish August 4, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
बिचलन आयो गाम ठाममा ! पदार्थ घट्यो कि राम नाममा? पाप पखाल्न भ्याइन धाममा, पर्खि बस्न सकिएन लाममा ! मेरो टाउको माग्छ साथी भाई, रकम कति रै'छ इनाममा ? थोक-खुद्राको ब्यापारी न परें ! किन्छौ माया ? भन, कति दाममा ? के ठेकाना हो ? ठेकान नहुदा म्वाई, खै के पठाउनु, खाममा ? दोहोरो माप, एकै जागीरमा, तिम्रो नाम, सप्पै मेरो काममा !
Read Full Discussion Thread for this article