Posted by: Nepe August 4, 2005
Kunda Dixit in NY
Login in to Rate this Post:     0       ?        
लोकतन्त्रको खामो गाड्ने कुरा जो छ, त्यसको श्रीगणेश दलहरु भित्रबाट हुनुपर्छ, अहिलेको आमजनचाहना पनि त्यहि हो । दलहरुले उनीहरु भित्रको अलोकतान्त्रिक गुण, प्रवृत्ति र तत्वलाई फ्याँकी पूर्ण लोकतन्त्रलाई वैचारिक र सांगठनिक दुवै तहमा स्थापित गर्ने काम लोकतान्त्रिक रुद्रिको प्रथम अध्याय हो । दलहरुले यो प्रथम अध्याय पुरा गरे नगरेको लक्षण तिनिहरुको आङमा चढेर हिडिरहेका गान्धर्व-भेषी दानवहरुलाई (गिरिजाओस्-छेर बहादुर-महादबुवा लगायतका पभृति) फाले नफालेबाट स्पष्ट हुने कुरो हो । संकेतहरु मिश्रित छन् । हेर्दै जाम । रुद्रिको प्रथम अध्याय नै पूर्ण नगरेर दोश्रा, तेश्रा वा अझ साङ्गे नै गर्न दल अगाडि बढे भने मेरो राम राम छ । मेरो के मलाई पूर्ण विश्वास छ, समस्त गान्धर्व गणले राम राम गर्नेछन् र सडकमा सय-पचास नेता र तिनका हुक्के बैठके कार्यकर्ता भन्दा बेसी हुने छैनन् । अहिले भईरहेकै झन्डै झण्डै त्यहि हो । नागरिक समाज, पेशेवेर कामदारहरु पनि दलभन्दा पृथक हुन रुचाईरहेका छन् । दलहरुको पूर्ण वैचारिक लोकतान्त्रिकरण अरु कुराले भन्दा पनि जङ्गली राक्षसहरुलाई राक्षस योनीबाट मुक्त गर्न सक्षम हुनुपर्ने कुराले छ । अपुर्ण लोकतन्त्र अर्थात संझौतावादी लोकतन्त्र बोकेर वार्तामा गए भने ती राक्षसहरुले उनीहरुकै एकतन्त्र-सहज शर्तमा सम्झौता गराएर छाड्छन् । पूर्ण लोकतन्त्रको आधारभौतिकताका साथ गए भने राक्षसहरुलाई लोकतन्त्रमा झर्न अदम्य नैतिक दबाब पर्नेछ । अनि जो यो संविधान-सभाको कुरो छ, यो रुद्रिको साङ्गे हो, स्वयं रुद्रि होईन । रुद्रिका सबै अध्याय सकिएपछि मात्र हुने हो साङ्गे । धेरै मान्छेहरु साङ्गे नै रुद्रि हो भन्या जसरी कुरा गर्छन् र साङ्गे प्रति स्वभाविक शंका-उपशंका आउने बनाईदिन्छन् । साङ्गेबारेका शंका-उपशंका हटाउन त्यस अघिका अध्यायहरु बारे कुरा गर्नु परो । मार्गचित्र मार्गचित्र भनेर जो मागिदैछ दलहरुसंग त्यो यसैसंग सम्बन्धित छ । यो छुद्र गान्धर्वको एक कौडी ।
Read Full Discussion Thread for this article