Posted by: Bhaute August 3, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
आज फेरि गजल लेख्ने जोश आयो। नेपे र शिरिष गुरुका पुच्छर समाउन पर्यो। उहाँहरु दुगुर्नु भेsछ भने उचालिम्ला, हिड्नु भेsछ भने लतारिम्ला, क्यै छैन। भउतेको गजल-४ बाचेँ म, त सास खै कहाँ छ? मरेँ सही, लास खै कहाँ छ? निल्न क्यै, नभिजाई आँशुले मुठ्ठि भर गास खै कहाँ छ? नदेखि मुर्दा, शान्तिले सुत्न एकै रात बास खै कहाँ छ? विना बारुदको धुवाँ, सफा- स्वच्छन्द आकास खै कहाँ छ? जे छ महल मै छ, झुप्रोमा- खोज, मधुमास खै कहाँ छ? विश्वास कस्को म गरुँ अब रत्ति भर आश खै कहाँ छ? जित्नेको घोडा न हो यो, सच्चा- लौ, त ईतिहास खै कहाँ छ? :) -भउते
Read Full Discussion Thread for this article