Posted by: Nepe August 2, 2005
Mirza Ghalib in Nepali: Shirish
Login in to Rate this Post:     0       ?        
भउतेको चाखको सम्मानमा एउटा अर्को गजल र अनुवाद । यसमा चै फारसी मुलका उर्दु शब्दहरु कमै भएकोले अनुवाद नगर्दा पनि हुन्थ्यो होला । तर यसो अभ्यास गरिटोपली हाल्न मुन लाग्यो र । यो गजल चाहि कविवर खुमार बारा बाँकवी को । यिनी ख्याल मीठो स्वरमा गजल वाचन गर्दैनन् । वास्तवमा खुमार बाराको भन्दा मीठो स्वरमा शायरी सुनेकै छैन मैले । कविकै स्वरमा शायरी सुन्न चाहि तलको लिंकमा जाम् । - http://www.urdulife.com/mushaira/mushaira.cgi?kb_g8 हुस्न जब मेहरबाँ हो तो क्या किजिये ईश्क की मगफिरत की दुआ किजिये मगफिरत = मुक्ति जोवन नै कृपालु भए पछि के लाग्छ मयाँबाट फुत्किन त देउताको नाम लिए मात्तै हो इस सलिके से उनसे गिला किजिये जब गिला किजिये हँस दिया किजिये यो काईदाले उनीसित गुनासो गर्नु कि गुनासो पनि गर्नु, मुसुक्क हाँसी पनि दिनु क्या दुसरों पर अगर तब्सीरा किजिये सामने आईना रख लिया किजिये पराईहरुको टिकाटिप्पणी गर्दा आफ्नो अगाडि एउटा ऐना राख्ने गर्नु आप सुख से है तर्क-ए-ताल्लुक के बाद इतनी जल्दी न ये फैसला किजिये तर्क = समाप्ती, ताल्लुक = सम्बन्ध सम्बन्ध-विच्छेद पछि चैनले बस्ने कुरा त छदैछ नि तर हतारमै यो फैसला चै नलिई हालम कि कोई धोका न खा जाये मेरी तरह ऐसे खुल के न सब से न मिला किजिये मेरै जस्तो दु:ख पाईएला है यसरी जो पायो त्यही संग हिमचिम नगर्नु अक्ल-ओ-दिल अपनी अपनी कहें जब 'खुमार' अक्ल कि सुनिये दिल का कहा किजिये मस्तिष्कले एउटा कुरा हृदयले अर्कै कुरा ग-यो भने मस्तिष्कले भनेको सुन्नु, हृदयले भनेको गर्नु
Read Full Discussion Thread for this article