Posted by: mampaka August 2, 2005
DV Lottery for Nepali Farmers
Login in to Rate this Post:     0       ?        
फर्सी छोडेर अंग्रेजी तीर्थ न्यौपाने भक्तपुर, - पाए अमेरिका जान नचाहने को होला र ? ८० वर्षमा प्रवेशीका उत्तीर्ण गरेका 'राइटर बाजे' ले त जान पाइन्छ कि भन्ने आशमा डीभी भरे तर परेन । दधिकोट-५ पात्लेटारका फर्सी कृषक रामेश्वर न्यौपानलाई भने डीभी परेको छ । उनी टोलकै पुराना फर्सी कृषक । ७/८ रोपनीमा फर्सी लगाएका छन् । जेठको दोस्रो सातादेखि साउनर फल टिप्न पाइन्छ । न्यौपानेले सिजनमा दैनिक १ सय ५० किलो फर्सी उत्पादन गर्छन् । त्यसबाटै घर खर्च चलाउने मात्र होइन, वाषिर्क एक-डेढ लाख रुपैयाँ बचाउँछन् पनि । डीभी भर्ने बेलामा उनले मनमनै भनेका थिए रे- 'परे जाउँला नपरे उमारौंला यही फर्सीका डल्ला' नभन्दै परिहाल्यो । डीभीको पहिलो पत्र जेठ-१ मा आएको छ । अब दोस्रो पत्रको प्रतीक्षामा छन् उनी । डीभी परेदेखि न्यौपानेले फर्सी गोडमेल गर्न पाएका छैनन् । अंग्रेजी भाषा र कम्प्युटर सिक्न भ्याई-नभ्याई छ । टोलमा इस्च्ियुट छैन । सिक्न थिमीसम्म धाउनुपर्छ । बिहान एक घन्टा कम्प्युटर र बेलुका दुई घन्टा अंग्रेजी भाषा सिक्ने गरेको उनी बताउँछन् । भन्छन्- 'दोस्रो पत्र आउनासाथ गइहाल्नुपर्ने हो कि ।' न्यौपाने पैसा जोहो गर्ने तरखरमा पनि छन्
Read Full Discussion Thread for this article