Posted by: Nepe August 2, 2005
Mirza Ghalib in Nepali: Shirish
Login in to Rate this Post:     0       ?        
शिरीष, गालिबको अनुवाद त्यो पनि गजलमै, एउटा कठिन अभ्यास हो । प्रयास मात्रै पनि तारीफयोग्य कुरा हो । म पनि Urdu-challenged भएकोले शव्दकोष नपल्टाई हुन्न । एउटा विशेषता के ठम्म्याएको छु मैले गालिबको गजलमा भने, आत्मविश्वास । भन्न खोजेको के हो भने, गालिबको गजलमा अर्थप्रदर्शक (cf. पथप्रदर्शक), सहायक, अतिरिक्त शब्दहरु हुँदैनन् । र मैले सुनेबुझे अनुसार उनले शब्दहरुलाई तत्प्रचलित सामान्य अर्थमा सिमित पनि राखेका छैनन्, बिम्बका प्रतिनिधी शब्दहरुमा मात्र होईन, अन्यमा पनि । त्यसैले उनको शेरहरुमा रस निकै बाक्लो हुन्छ, पानी जस्तो घट घट घट पिउन नमिल्ने । अनुवादको प्रयास नै शेरलाई बुझ्ने ultimate तरिका हो । यो कुरा शिरीषले पक्कै अनुभव गरे, कि कसो ? गालिबको यो गजलको मकता चाहि मैले सबभन्दा बढी quote भएको सुनेको शेर हो । एकदमै फरक फरक अनुवादहरु (अंग्रेजीमा) पढेको छु मैले यसको । गालिबको शेरको लागि त्यो अस्वभाविक होईन भन्छु । ये मसाईल-ए-तसब्बुफ, ये तेरा बयाँ 'गालिब' तुझे हम वली समझते, जो न बादा-ख्वार होता ! क्या दामी दियो यार यो गालिबे बज्ज्याले के गर्नु शिशीमुनि मात्र नभा' भे ऋषिमुनी हुने मान्छे हो ।
Read Full Discussion Thread for this article