Posted by: shirish August 2, 2005
Mirza Ghalib in Nepali: Shirish
Login in to Rate this Post:     0       ?        

alternatively: कै can be replaced by को भाग्य भएको भए त, मिलनको बिन्दु भेटेको हुन्थ्यो ! यदि अरु बाँचेकै भए पनि, यहि पर्खि रहेको हुन्थ्यो ! तिम्रो वाचामा वाँचेंरै मात्र, यो ज्यान झुठो जान्न पाएँ बिश्वास मात्र भएको भए पनि, खुशीले मरेको हुन्थ्यो ! तिम्रो नरमीले थाहा पाएं, कसम खुकुलो सित बांधिएछ , तोड्न सकिन्नथ्यो कहिल्यै, बेश बरु कडा, भऐको हुन्थ्यो ! कोहि मेरो मुटुसित सोधोस्, खिचिएको धनुष र बाण हेरी, 'कलेजो छेडि जाला कि भन्ने, के चिन्ताले घेरेको हुन्थ्यो'? यो कहांको मित्रता हो, सल्लाहकार नै मित्र बन्ने ? मद्दत , कसैले गर्दो हो त , शुभचिन्तक मात्र, रहेको हुन्थ्यो ! ढुङ्गाबाट यदि अबिरल रगत बग्न सक्दो हो भने, जेल्लाइ दुख सम्झी रहेछौ, त्यो आगो झैं, बलेको हुन्थ्यो ! चिन्ता: ज्यानलाई घातक छ ! मुटु पनि अछुण्ण रहन्न ! मायामा पिडा नभएको भए, संसारै अझ, दुखेको हुन्थ्यो ! बदनाम भै मर्दा पनि, किन डुबाईएन होला नदीमा ? नत्र, अर्थि नै उठाउनु पर्थ्यो, न त चिहान, खनेको हुन्थ्यो ! कस्लाई म भनुं: दु:खका रातहरु मृत्यु भन्दा कठोर छन् नरमाईलो मान्दिन म, एकै पटक बरु, मरेको हुन्थ्यो उन्लाई कल्ले देख्छन् ? 'एउटै' छन्, अनन्य छन्, दुईको गन्ध कहिबाट आए शायद कंहि त, देखेको हुन्थ्यो यी अलौकिक समस्याहरु; खाली गालिबका बयान हुन्, मदिरा नपिउने हौ भने, तिमी महर्षि, भैसकेको हुन्थ्यौ !
Read Full Discussion Thread for this article